विदेशीलाई पोस्ने नेपालीलाई घोच्ने

सरकारले नेपाली उद्योगीलाई समान ल्याउन दिएको छैन तर त्यही समान नेपालको बजारमा छ्याप छ्याप्ती पाइरहेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बटर, धुलो दूध आयातमा रोक लगाइएको छ । तर भारतीय बजारमा उत्पादीत बटर, धुलो दूध, घिउलगायतका दुग्धजन्य पदार्थ नेपाली बजारमा छ्यापछ्याप्ती पाइन्छ । तर त्यही नेपाल उद्योगीले बटर ल्याउन खोज्दा भन्सारमा रोकेर राखेको छ । १४ मेट्रिकटन बटर तीन हप्तादेखि वीरगञ्ज भन्सारमा रोकिएको राखिएको छ ।

सरकारले बटर आयातमा रोक लगाइएको कारण नेपाल भित्रिन नदिने भन्दै रोकेर राखिएको छ जब कि भारतका बटर नेपाली बजारमा जहाँ त्यही पाइन्छ । नेपाली उद्योगीलाई रोक लगाउने अनि विदेशी समान भित्र्याउने कृषि मन्त्रालयको नीति रहेको डेरी उद्योगीहरुले आरोप लगाएका छन् ।

बटरलगायत अन्य दुग्धजन्य पदार्थमा रोक लगाएको सूचना कृषि मन्त्रालयले गोप्य राखेको थियो । जब कि यसअघि यसरी आयातमा रोक लगाउँदा डेरी उद्योगीलाई पनि जानकारी गराउथ्यो तर यसपटक आयातमा रोक लगाएपछि त्यो सूचनाको बारेमा कसैलाई जानकारी गराएको छैन । यहाँसम्म कि पत्रकारलाई समेत त्यो विषयमा जानकारी छैन । भित्रभित्रै निर्णय गरेर विदेशी समान भित्र्याउने र नेपाली व्यपारीलाई रोक लगाउने नियत कृषि मन्त्रालयको देखिएको छ ।

अहिले नेपाली बजारमा नेपाली घिउ, बटर, धुलो दूधको अभाव छ । यो कुराको जानकारी कृषि मन्त्रालयलाई पनि छ । तर त्यसप्रति नमन्त्रीले कुनै ध्यान दिनु भएको छ न कुनै सचिवले । दुग्धजन्य पदार्थमा आत्मनिर्भर हुनका लागि सरकारले आयातलाई न्युनीकरण गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट घीउ, बटर, एसएमपी (धुलो दूध) आयातमा रोक लगाएका छन् । बटर, घिउ, धुलो, नौनी नेपालमै प्रशस्त मात्रामा पाइने भएकाले यसको आयातमा रोक लगाइएको छ तर भारतीय बजारमा उत्पादीत ती वस्तुहरु यहाँका बजारमा छ्यापछ्याप्त पाइन्छ । कृषि मन्त्रालयले यी वस्तुहरुमा उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्तालयमार्फत २०७७ साउन ४ गतेदेखि रोक लगाइएको थियो ।

नेपाली बजारमा घीउ तथा बटर पाउँदैन तर भारतलगायत अन्य देशमा उत्पादीत यी वस्तुहरु जताततै पाइन्छन् । भन्सार विभागको तथ्याङ्क अनुसार २०७७ साउनदेखि २०७८ असोजसम्म घीउ ६८८ केजी आयात भएका छन् भने बटर एक लाख ३६ हजार ५८४ केजी, धुलो दूध (एसएमपी) २० हजार ९४८ केजी आयात भएका छन् । जब कि यी वस्तुमा सरकारले रोक लगाइएको छ । सरकारले गत वर्ष धुलो दूधमा आत्मनिर्भरको घोषणा नै गरेको थियो ।

कृषि मन्त्रालको पत्र अनुसार घिउ आयातमा पूर्ण रोक लगाइएको छ भने बटरको हकमा १०० ग्राम वा सो भन्दा कम तौलमा प्याकिङ भइ आएको टेबल बटर, साल्ट बटरबाहेक अन्य प्याकमा पूर्ण रोक लगाएको छ । तर बजारमा भारतमा उत्पादीत अमुलका बटर, पताञ्जलीका घिउ जुनसुकै प्याकमा पनि पाइन्छन् । अहिले नेपाली बजारमा नेपालमा उत्पादीत घिउ तथा बटरको अभाव छ । कोभिड–१९ महामारीका कारण दूध विक्रि नहुँदा डेरी उद्योगीहरुले त्यसबाट धुलो दूध, बटर तथा नौनी बनाएर भण्डारण गरेका थिए । त्यो भण्डारण गरिएका वस्तु विक्रि नहुँदा सरकारले भारतबाट आयातमा रोक लगाएको थियो । यसरी रोक लगाए पनि बजारमा भारत तथा अन्य मुलुकको घिउ तथा बटर प्रयाप्त मात्रामा पाउने गरेको नेपाल डेरी एशोसिएशनका महासचिव एवं डेरी उद्योगी प्रल्हाद दाहालले बताउनुभयो ।

कोरोनाको समयमा डेरी उद्योगमा स्टोर रहेका सबै दूग्धजन्य पदार्थहरु विक्रि भइसकेका छन्, अभाव हुन थालेको बताउँदै उहाँले चाडपर्वमा समेत आफूहरुले मागअनुसार दिन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, हामीसँग अहिले झोल दूध, बटर, धुलो दूध, नौनीको अभाव छ, उपभोक्ताले मागे अनुसार दिन सकिरहेका छैनौ तर सरकारले यसतर्फ कुनै ध्यान दिएको छैन ।’ कोरोनाका कारण गाईवस्तु पालनमा कमी आएको छ, त्यसकारणले दूधमा पनि कमी आएको बताउँदै उहाँले अहिले पर्याप्त दूध नभएको कारण धुलो दुध, बटर तथा नौनी बनाउन पाएको छैन, अबको एक दुई हप्तापछि झन हाहाकार हुने दावी गर्नुभएको छ । उहाँले भन्नुभयो, केही दिनका लागि भएपनि बटर आयातमा लगाइएको बन्देजलाई फुकुवा गर्नुपर्छ, नेपाली उद्योगीलाई घिउ बनाउनका लागि कच्चा पदार्थको रुमपा सेतो बटर ल्याउन दिनुपर्छ ।’

तपाईको प्रतिक्रिया