धनुषा मंसिर २२ गते । काँग्रेसका सांसद अमरेशकुमार सिंह महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । हिजो सर्लाही क्षेत्र नम्बर ४ मा भएको अधिवेशनबाट सिंह २४८ मत मात्रै ल्याएर महाधिवेशन प्रतिनिधिमा पराजित हुनु भएको छ । सभापतिका दाबेदार शेखर कोइरालानिकट मानिने उहाँ मधेसी कोटामा सहमहामन्त्रीको उम्मेदवार बन्ने तयारीमा हुनुहुन्थ्यो । महाधिवेशन प्रतिनिधिमै पराजित भएपछि सहमहामन्त्री बन्ने सपना चकनाचुर भएको छ ।
सर्लाहीमा क्रियाशील सदस्यताको फारम वितरणदेखि नै संस्थापन पक्षले एकलौटी गरेकोले आफूहरू पराजित हुन परेको सिंह पक्षको आरोप छ ।
सर्लाही क्षेत्र नम्बर ४ बाट सभापति शेरबहादुर देउवा पक्षको प्यानल नै विजयी भएको सर्लाही काँग्रेस सभापति नगेन्द्र रायले बताउनुभयो । देउवा निकट रायले भने, ुसर्लाही क्षेत्र नम्बर ४ मा सभापति शेरबहादुर देउवाको प्यानलका सबै महाधिवेशन प्रतिनिधिका उम्मेदवार विजयी हुनुभएको छ । सर्लाही क्षेत्र नम्बर ४ को कार्यसमितिमा पनि हाम्रो पक्षले क्लिन स्विप गरेको छ ।ु


तपाईको प्रतिक्रिया