काठमाडौँ मंसिर २४–तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालबाट अलग भएर स्वतन्त्र राजनीतिक समूह बनाएका ह्रदयश त्रिपाठीले नयाँ पार्टी घोषणा गर्ने भएका छन् ।
मंसिर २८ गते एक कार्यक्रमको आयोजना गरी जनता प्रगतिशिल पार्टी नेपाल घोषणा गर्ने त्रिपाठीले बताउनुभयो । अहिले सो पार्टीमा त्रिपाठी मात्र संयोजक रहेका छन् । अरु कसैलाई राखिएको छैन । नयाँ पार्टी घोषणा भइसकेपछि कमिटी विस्तार गर्ने बताउनुभयो ।
आफ्नो समूहमा रहेका बाहेकका व्यक्तिहरु पनि नयाँ पार्टीमा आउने भएकाले अहिले कमिटी विस्तार नगर्ने बताउँदै उहाँले पार्टी घोषणा भइसकेपछि मात्र कमिटी विस्तार गर्ने बताउनुभयो ।
उहाँका स्वतन्त्र राजनीतिक समूहले उहाँ एमालेको सूर्य छाप चुनाव चिन्हबाट प्रदेशसभा र प्रतिनिधि सभा चुनाव लड्नु भएको थियो । प्रतिनिधिसभामा त्रिपाठी र वृजेश गुप्ता चुनाव जित्नु भएको थियो भने एकजना प्रदेशसभामा चुनाव जित्नु भएको थियो ।


तपाईको प्रतिक्रिया