Khadya Bibhag

काँग्रेसका १४ महाधिवेशन उद्घाटनसत्र सुरु

काठमाडौँ मंसिर २४ गते । नेपाली काँग्रेसको १४ औ महाधिवेशनको उद्घाटनसत्र भृकुटीमण्डपमा सुरु भएको छ । कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, राप्रपाका अध्यक्ष राजेन्द्र लिंग्देलको पनि उपस्थिति रहेको छ ।

यो महाधिवेशनलाई काँग्रेसले नेतृत्व चयनको महाधिवेशन भनेको छ । नेतृत्व चयनका लागि आजैदेखि प्रकृया शुरु हुन्छ । पार्टीमा सभापतिका थुप्रै आकाँक्षी भएका छन् । पार्टीृका सभापति शेरबहादुर देउवा पुनः सभापतिमा उम्मेदवारी दिनुहुनेछ भने सोही गुटका विमेलेन्द्र निधिले पनि उम्मेदवारी घोषणा गर्नुभएको छ । त्यस्तै, रामचन्द्र पौडेल गुटमा पौडेल स्वंय सभापतिका आकाँक्षि हुनुहुन्छ । सोही गुटका प्रकाशमान सिंह, शेखर कोइराला पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया