काठमाडौँ मंसिर २४ गते । भारतीय काँग्रेसका वरिष्ठ नेता मुकुल वासनिकले नेपाल–भारतको बीचमा देखिएको असम्झदारीलाई मिलेर समाधान गर्न आग्रह गर्नुभएको छ ।
काँग्रेसको १४ औं महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै उहाँले नेपाल–भारतका बीचमा केही असम्झदारीहरु छन् त्यसलाई समाधान गर्नका लागि भारतीय काँग्रेसले भूमिका खेल्न तयार रहेको बताउनुभयो । उहाँले नेपाल र भारतको सम्बन्ध विश्वका अन्य देशभन्दा फरक रहेको बताउँदै उहाँले यसलाई अझ बलियो बनाउन भारतीय काँग्रेस तयार रहेको बताउनुभयो ।
दुई पार्टीको बीचमा राम्रो सम्बन्ध रहेको छ, दुई पार्टीका बीचमा एक अर्काको कुरा अदानप्रदान भइरहेको बताउँदै उहाँले नेपाल–भारतको बीचमा छुट्टै सम्बन्ध रहेको बताउनुभयो । खुल्ला सीमाका कारण दुई देशको बीचमा आर्थिक, समाजिक र साँस्कृति सम्बन्ध रहेको बताउँदै उहाँले दुई देशको बीचमा व्यपारीक सम्बन्ध पनि रहेको पनि धारणा राख्नुभयो ।


तपाईको प्रतिक्रिया