काठमाडौँ मंसिर २४ गते । भारतीय जनता पार्टीका नेता डा.हर्षवद्र्धनले नेपालमा दलहरुको सम्बन्ध विश्वका लागि अनौठो रहेको बताउनुभयो ।
उहाँले एउटा कुनै पार्टीको महाधिवेशनमा अर्को पार्टीका नेताहरु सहभागी हुन्छन्, यस्तो भारतमा पनि हुँदैन, भन्दै यसले नेपालमा लोकतन्त्र बलियो हुने विश्वास व्यक्त गर्नुभयो । यहाँले एउटै मञ्चमा यतिका पूर्वप्रधानमन्त्री उपस्थित भएको पहलो पटक हेरकेो पनि धारणा राख्नुभयो ।
काँग्रेसको १४ औं महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै उहाँले नेपालमा कुनै समस्या हुँदा भारतलाई पनि पीडा हुने गरेको बताउनुभयो । नेपालमा भुकम्प होस् या कोभिड सबैमा भारतलाई पीडा भएको थियो र भारतले भरसक भरपुर सहयोग गर्ने प्रयास गरेको बताउँदै उहाँले भारतका प्रधानमन्त्री नरेन्द्रै मोदी नेपालको अवस्था बारेमा हरहमेशा चिन्तित रहनुभएको पनि सुनाउनुभयो ।


तपाईको प्रतिक्रिया