काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन, नागरिकता समस्या समाधानलगायतका मागहरु पुरा गर्न बाँकी रहेको धारणा राख्नुभयो ।
अब ती मागहरु पुरा गर्नमा ढिलाई गर्न नहुने बताँदै अध्यक्ष यादवले संविधान संशोधनका लागि जोड दिँदै उहाँले संविधान संशोधन भए समावेशी समानुपातिक लोकतन्त्रलाई बलियो बनाउने बताउनुभयो ।
काँग्रेसको १४ औं महाधिवेशनमा शुभकामना दिँदै अध्यक्ष यादवले जनतामा व्याप्त असमानता, बेरोजगारी, अशिक्षा रहेको उल्लेख गर्दै त्यसलाई समाप्त पार्नुपर्ने धारणा राख्नुभयो । उहाँले लिखित मन्तव्य दिनुभएको थियो ।


तपाईको प्रतिक्रिया