Khadya Bibhag

महन्थ ठाकुरले आन्दोलनको चेतावनी दिँदै भन्नुभयो, माग पुरा नभए ज्वालामुखी जस्तो विस्फोट हुन्छ

काठमाडौँ मंसिर २४ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले संविधानको मस्यौदा आएदेखि नै त्यसमा असन्तुष्टि जनाउँदै आएको धारणा राख्नुभयो ।

काँग्रेसको १४ औं महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै उहाँले मधेश तथा थरुहट आन्दोलनको क्रममा लागेको मुद्दा अझै फिर्ता नभएको, जेलमा अझै नेताहरु रहेका छन्, त्यसलाई रिहा गर्न माग गर्नुभयो ।

आफूहरुको असन्तुष्टि वर्तमान संविधानसँग रहेको बताउँदै उहाँले संविधानको मस्यौदा सार्वजनिक गरेसँगै असन्तुष्टि सुरु भएको थियो र त्यही बेलादेखि शान्तिपूर्ण आन्दोलन गरेको तर सरकारले मधेशी जनतामाथि गोली बर्साएर हत्या गरेको आरोप लगाउनुभयो ।

उहाँले सांसद रेशम चौधरी अझै जेलमा रहेको तथा महोत्तरीका थुप्रै नेताहरुमा अझै मुद्दा चलिरहेको उल्लेख गर्दै केही मुद्दाहरु फिर्ता भएपनि अझै थुप्रै मुद्दा फिर्ता हुन बाँकी छन्, नेताहरु जेलमा छन् ती नेताहरु रिहा नभए आफूहरु पुनः आन्दोनलमा जाने चेतावनी दिनुभयो । उहाँले माग पुरा नभए २० औं लाख जनता सडकमा उतारेर ज्वालामुखी विस्फोट भएझै आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया