Khadya Bibhag

दिगो विकासका लक्ष्य हासिल गर्न साना किसानले महत्वपूर्ण योगदान दिएको छ–कृषि मन्त्री यादव

काठमाडौ, पुस ८ गते । कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले गरिबी निवारण, खाद्य सुरक्षा, भोकमरीको अन्त्य, उत्पादन विकास, रोजगारी सिर्जना तथा पर्यावरण संरक्षण जस्ता दिगो विकासका लक्ष्य हासिल गर्न साना किसानले महत्वपूर्ण योगदान दिएको बताउनुभयो ।

प्रदेश २ को जनकपुरमा विहिवार आयोजित साना किसान सम्मेलन २०७८ लाई उद्घाटन गर्नुहुँदै मन्त्री यादवले यो साना किसान सम्मेलनबाट प्राप्त हुने सुझाव तथा पृष्ठपोषणले कृषि क्षेत्रको रुपान्तरण र उद्यमशीलता विकास हुनेमा आफू आशावादी रहेको बताउनुभयो । उर्वर भूमि र समथर पाटो, जोगाउनु पर्छ तराईको माटोू भन्ने मुल नारा रहेको सो सम्मेलन एक्सन एड नेपाल, वर्ल्ड भिजन, यूकेएड, फिअन, केयर र युरोपियन युनियन लगायतका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको सहकार्यमा भएको हो ।

साना किसानहरुमा उद्यमशीलता विकास गराई कृषि सहकारीमार्फत कृषि क्षेत्रको रुपान्तरण गर्ने अभियानमा साना किसानहरुलाई परिचालन गर्न सघाउ पुग्ने उद्देश्यले यो सम्मेलन आयोजना गरिएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया