माओवादी केन्द्रको पदाधिकारी १६ सदस्यीय हुने

काठमाडौँ पुस ११ गते । माओवादी केन्द्रको केन्द्रीय कमिटीमा १५ जना पदाधिकारी हुने भएको छ । आज बसेको केन्द्रीय समितिको बैठकले पार्टीको पदाधिकारीको संख्या १५ बनाउने प्रस्ताव गरेको पार्टीका प्रवक्ता कृष्णबहादुर महाराले जानकारी दिनुभयो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको केन्द्रीय कमिटी बैठकले १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, १ जना महासचिव, २ जना उपमहासचिव, ३ जना सचिव र १ जना कोषाध्यक्ष रहने प्रस्ताव गरेको उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया