महन्थ ठाकुरको निवासमा वार्ता नगर्ने

 

काठमाडौँ पुस १३ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको पार्टी कार्यालयमा धर्ना बस्नु भएका नेताहरु पार्टीका अध्यक्ष महन्थ ठाकुरको निवासमा वार्ता नगर्ने भन्नु भएको छ । पार्टी कार्यालयमा तीन दिनदेखि असन्तुष्ट पक्षको धर्ना जारी छ ।

धर्ना बसेकाहरुमध्ये पाँचजनालाई आफ्नो निवासमा बोलाएर अध्यक्ष ठाकुरले वार्ता गर्न चाहनु भएको थियो तर असन्तुष्ट पक्षले निवासमा वार्ता नगर्ने भन्दै उहाँहरुले आन्दोलन जारी राख्नुभएको छ । उहाँहरुले आफूहरु पार्टी कार्यालयमा सामूहमै छलफल गर्ने भन्दै निवास जानका लागि इन्कार गर्नुभयो ।

लोसपाका अध्यक्ष ठाकुरले पछिल्लो समय जिल्ला तथा प्रदेशमा गर्नुभएको मनोनयहरु एकलौटी भएको, पार्टीको विधि र पद्धती अनुसार नभएको भन्दै पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो पक्षका नेताहरुले असन्तुष्टि जनाउँदै आन्दोलन सुरु गर्नुभएको छ ।

 

तपाईको प्रतिक्रिया