उखुको समर्थन मूल्य ५९० रुपियाँ

काठमाडौँ पुस २१ गते । सरकारले उखुको समर्थन मूल्य तोकेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले सरकारले दिने अनुदानसहित उखुको मूल्य प्रति क्विन्टल ५९० रुपियाँ तोकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । सो मूल्यमा सरकारले अनुदान दिने प्रति क्विन्टल ७० रुपियाँ पनि जोडिएको छ ।
चिनी उद्योगीले किसानलाई दिने मूल्य प्रति क्विन्टल ५२० रुपियाँ हो । उखुको न्यूनतम लागत ३८२ रुपियाँ, ढुवानी खर्च ६२ रुपयाँ तथा मुनाफा ७६ रुपियाँसहित कुल ५२० रुपियाँ निर्धारण गरेको छ । त्यसमा सरकारले प्रति क्विन्टल ७० रुपियाँ २८ पैसा अनुदान दिने गरेको थियो ।
सरकारले दिने प्रतिमे क्विन्टल ७० रुपियाँ अनुदानसमेत जोडेर ५९० रुपियाँ हुन्छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखुको मूल्य निर्धारणका लागि किसान तथा चिनी उद्योगीसँग पटकपटक छलफल गरेको थियो । सो छलफलमा उद्योगीले उखुको मूल्य प्रतिक्विन्टल ५८० रुपियाँ र किसानले ६५० रुपियाँ गर्नुपर्ने प्रस्ताव गरेका थिए । दुवैको प्रस्तावलाई अध्ययन गरी कृषि मन्त्रालयले मूल्य निर्धारण गरी उद्योग मन्त्रालय पठाएको थियो ।
उद्योग मन्त्रालयले मूल्य निर्धारणको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेपछि त्यहाँ छलफल भई सो मूल्य निर्धारण भएको छ ।

तपाईको प्रतिक्रिया