पाठेघरको क्यान्सर भएको कसरी थाहा पाउने ?

–डा. ज्योत्सना शर्मा,
क्यान्सर भनेको जुनसुकै अंगमा सामान्यभन्दा धेरै कोषिका बढ्ने हो । अक्सर महिलाहरु पाठेघर क्यान्सरको जोखिममा हुन्छन् । पाठेघरको क्यान्सरअन्तर्गत पाठेघरको मुखको क्यान्सर तथा पाठेघरको भित्रपट्टिको क्यान्सर प्रमुख हो ।

ह्युमन प्यापिलोमा भाइरसका कारणले पाठेघरको मुखको क्यान्सर भएको पाइन्छ । यसका साथै धेरैजना पुरुषसँग यौनसम्पर्क राख्ने, सानो उमेरमा धेरै सन्तान जन्माउने महिलामा पनि यो क्यान्सर हुनसक्छ । महिलामा हुने सम्पूर्ण क्यान्सरमध्ये स्तन क्यान्सर, फोक्सोको क्यान्सर र तल्लो आन्द्राको क्यान्सरपछि पाठेघरको क्यान्सर चौथो नम्बरमा पर्छ ।

जब पाठेघरमा असामान्य कोषहरू अनियन्त्रित रूपमा वृद्धि हुन्छन्, तब पाठेघरको क्यान्सर हुन्छ । डिम्बाशयको क्यान्सर र पाठेघरको मुखको क्यान्सरपछि पाठेघरको क्यान्सर नै प्रजनन प्रणालीको क्यान्सरबाट हुने मृत्युको तेस्रो कारक तत्व हो । यद्यपी यसलाई प्रारम्भिक अवस्थामै पत्तो लगाउन सकियो भने उपचार संभव हुन्छ । त्यसैले महिलामा हुने केही त्यस्ता लक्षण छन्, जसले पाठेघर क्यान्सरको संकेत गर्छ । यदि त्यस्तो संकेत देखापरेमा सर्तक रहनुपर्छ । चिकित्सकिय परामर्श लिनु पर्छ ।

यो जनावरी महिना भनेको क्यान्सरको जागरुपताको महिनाको रुपमा राखिएको छ । पाठेघरको मुखको क्यान्सर सातौ कमन क्यान्सर हो र यो चाहिँ महिलाहरुमा चौथोमा पर्ने गर्दछ । विकसित मुलकको कुरा गर्ने हो भने यो रोगबाट बच्नका निम्ती HPV भ्याक्सिन लगाउने गरिन्छ जुन ५ देखि १५ वर्ष उमेर बर्गका बच्चाहरुलाई २ डोज खोप र १५ देखि २६ उमेर वर्गका मानिसहरुलाई ३ डोज खोप लगाउने गरिन्छ । त्यस्तै २६ बर्ष भन्दा माथिका उमेर पुगेका मानिसहरुले भ्याक्सीन लगाएता पनि भ्याक्सीनको प्रभाव नदेखिने भएकाले संक्रमण छ या छैन भनेर परिक्षणबाट पत्ता लगाउन सकिन्छ । यस भाइरसले भविष्यमा क्यान्सरको सम्भावना कति छ भन्ने कु्रा परिक्षण गरेर थाहा पाउन सकिन्छ ।

९० प्रतिशत महिलामा असामान्य रूपमा योनिबाट रक्तश्राव हुन्छ । महिनावारी हुने समयभन्दा धेरै दिन धेरै मात्रामा, रगतको कालो ढिका जस्तो, कहिलेकाहीँ पानीजस्तो रक्तश्राव हुन्छ । त्यस्तै महिनामा दुई–तीनपटक महिनावारी हुने, यौन सम्पर्कको समयमा वा सम्पर्कपछि रक्तश्राव हुने आदि यसका लक्षणहरु हुन् ।

क्यान्सको लक्षणहरु
महिनावरी नभए पनि बिचमा रगत देखिनु, यौन सम्पर्क गर्दा रगत देखिने, सेतो र गन्हाउने पानि आउने, तल्लो पेट लगातार दुख्ने, ढाड दुख्ने, थकाई बढि लाग्ने, लामो समय सम्म खाकी निको नहुने र तौल घट्दै जाने लगायत लक्षणहरु देखिएमा तत्काल प्याबस्मेयरको परिक्षण गराउनु पर्दछ । यो परिक्षणले संक्रमितको क्यान्सरको कुन अवस्थाम छ भन्ने पत्ता लगाउन सकिन्छ ।

पाठेघरको मुखको क्यान्सर महिलाले असुरक्षित धेरै व्यक्तmीसँग यौन सम्पर्क राखेमा, सानै उमेरमा बिबाह गरेमा, सानो उमेरमै यौन सम्पर्क राखेमा, सानै उमेरमा बच्चा जन्माएमा, धेरै गर्भाधारण गरेमा, धुम्रपान गरेमा हुने गर्दछ । त्यसैले हरेक महिलाहरुले कम्तिमा बर्षमा एक पटक स्त्री रोग सम्बन्धीका डाक्टरहरुलाई भेटेर जाचँ गर्न जरुरी छ । यो परिक्षणले भविश्यमा हुने धनजन र खतराबाट बचाउँदछ । हामिले हामि कहाँ आउने महिला दिदी बहिनी आमाहरुलाई यस्ता रोगबाट आउने खतरा लक्षण र सवाधानका उपायहरुको ज्ञान दिन जरुरी छ ।

(डा. शर्मा एभरेष्ट अस्पतालमा स्त्री रोग तथा निशन्तान विशेषज्ञको रुपमा विगत ५ वर्षदेखि कार्यरत हुनुहुन्छ)

तपाईको प्रतिक्रिया