उहाँले विहेबाट पन्छिने उपाय खोजि रहनु भएको थियो । उहाँले राजविराजमा क्याम्पस पढ्न थाल्नु भयो तैपनि घरमा विहे गर्ने चर्चा रोकिएको थिएन । क्याम्पस पढ्न थालेपछि छरछिमेकले उहाँको कुरा काट्न थाले ।
‘लक्ष्यमा पुग्न एउटै बाटो हिड्नुपर्छ भने छैन, आवश्यकता अनुसार बाटो परिवर्तन गर्नुपर्छ तर आफ्नो लक्ष्य त्याग्नु हुँदैन’ यो उदाहरण सप्तरी विष्णुपुर (हाल काठमाडौ) का रिता साहको जीवनसँग लिन सकिन्छ । एसएलसीपछि अनमी गरेर स्वास्थ्य क्षेत्रमा पाइला चाल्नु भएका रिता साह त्यसैलाई निरन्तरता दिने सोच बनाउनु भएको थियो । त्यसलाई निरन्तरता दिन आफ्नो दाइको साथमा काठमाडौँसम्म आउनु भयो तर परस्थितिले साथ नदिएपछि उहाँले पटक पटक बाटो फेरेर आफ्नो लक्षित बाटो समात्नुभयो ।
बागबजारको पीके क्याम्पसबाट बीए अध्ययन गरेपछि उहाँमा सरकारी जागिर खाने सोच आयो । तर घरायसी परस्थितिले साथ उहाँलाई समयले दिएन । त्यसपछि उहाँ एमए सकाउनु भयो । अनि अब त केही गर्नुपर्छ भनि कम्मर कसेर लोकसेवाको तयारीमा लाग्नुभयो । लोकसेवा अध्ययन गर्ने क्रममा परस्थितिले उहाँलाई अर्कैतिर डोर्यायो । आज उहाँ मधेशी महिला अधिकारकर्मी, अनुसन्धानकर्ता, लेखिकाको रुपमा आफ्नो स्थान बनाउन सफल हुनु भएको छ । तर उहाँलाई त्यतिमै रुक्ने मन छैन, अझै केही गरौं, जस्तो लागि रहेको छ र उहाँले आफूलाई यही क्षेत्रमा सर्वश्रेष्ठ बनाउन संघर्ष गरिरहनु भएको छ । उहाँ अहिले एउटा श्रीमती, एउटा आमा, एउटा अनुसन्धानकर्मी र अधिकारकर्मीको भूमिकामा हुनुहुन्छ ।
विवाह छल्न गाउँ छाडे
उहाँ यहाँसम्म आइपुग्न, निकै अप्ठ्यारा घुम्तीहरु पार गर्नुभयो । आफ्नो गाउँको श्री जनता माध्यमिक विद्यालयमा सात कक्षासम्म अध्ययन गर्नुभयो । जहाँ उहाँको बुवा रामकृष्ण साह (हाल निधन भएको) पनि शिक्षक हुनुहुन्थ्यो । सात कक्षासम्म पुग्दा छोरी मान्छे उहाँ मात्र बाँकी रहनु भयो । केटैकेटा भएको क्लासमा उहाँ एउटा बेन्चमा एक्लै बस्नु हुन्थ्यो । त्यतिबेला त्यहाँ सात कक्षसम्म मात्र पढाई हुन्थ्यो । त्यहाँ जुन विषय पनि मैथिली भाषामा नै पढाई हुन्थ्यो । अग्रेजी पढाउँदा पनि शिक्षकहरुले मैथिलीमा सम्झाउनु हुन्थ्यो । नेपाली पढाउँदा पनि मैथिलीमै सम्झाउनु हुन्थ्यो । गाउँघरका विद्यार्थीहरु भएका कारण उनीहरुलाई नेपाली बुझ्न गाह्रो हुन्थ्यो भनेर शिक्षकहरुले सबै विषय मैथिली भाषामा नै पढाउनु हुन्थ्यो । त्यसले गर्दा रिता साहको नेपाली बन्न सकेन । र उहाँ भाषामा कमजोर हुनुभयो । जब कि उहाँ पढाईमा राम्रै विद्यार्थीमा गिनिनु हुन्थ्यो ।
उहाँ राजविराजको पब्लिक विन्देश्वरी माविमा आठ कक्षामा नाम लेखाउनु भयो । त्यहाँ उहाँलाई भाषाले निकै हैरान पार्यो । त्यसले गर्दा कक्षामा उहाँलाई निकै गाह्रो हुन्थ्यो । साथी भाइहरुले समेत उहाँलाई जिस्काउन थाले । ती अप्ठ्यारोको कारण पढाई छाडेर एक–एक महिना घरमा बस्न थाल्नुभयो । कहिलेकाहीं स्कूल जानु हुन्थ्यो । आठ कक्षा उहाँको त्यसैगरि बित्यो । विस्तारै विस्तारै भाषामा सुधार हुँदै गएपछि नौदेखि नियमित क्लाश गर्न थाल्नुभयो । २०५० सालमा उहाँले एसएलसी पास गर्नुभयो । एसएलसी पास गरेपछि घरमा विहेको कुरा चल्यो ।
रिता साहले घरमा भन्नुहुन्थ्यो, तपाईहरु ढुक्क हुनुस् म कुनै अर्को जातको केटोसँग विहे गर्दिन, वा भागेर जाँदिन तर मलाई पढ्न दिनुस् म पढाई सकाएपछि विहे गर्छु ।
छोरी मान्छे धेरै पढ्नु हुँदैन भन्दै उहाँका लागि लागि केटा खोज्ने काम सुरु भयो । ठाउँ ठाउँबाट विहेका लागि रितालाई हेर्न आउन सुरु भएको थियो । तर रिता साहलाई विहे गर्ने मन थिएन । यो विहेबाट कसरी पन्छिने केही सोच उहाँमा आइरहेको थिएन । एसएलसी पास गरेपछि के गर्ने कुरा पनि उहाँको दिमागमा आइरहेको थिएन । छोरी मान्छेको यात्रा यतिसम्म हो कि उहाँलाई पनि लाग्न थालेको थियो । उहाँले विहेबाट पन्छिने उपाय खोजि रहनु भएको थियो । उहाँले राजविराजमा क्याम्पस पढ्न थाल्नु भयो तैपनि घरमा विहे गर्ने चर्चा रोकिएको थिएन । क्याम्पस पढ्न थालेपछि छरछिमेकले उहाँको कुरा काट्न थाले । उहाँका आमा–बुवालाई अनेक कुरा सुनाउथे, ‘छोरी बिग्रन थाले है, सम्हाल्नुस् आफ्नो छोरीलाई । यस्तै रह्यो भने एकदिन छोरी हातबाट फुत्किन्छ ।’
किरण वेदीलाई पछ्याउँदा
उहाँको घरमा टिभी थियो । टिभी हेर्नमा उहाँलाई निकै रुची थियो । एक दिन किरण वेदी जो भारतका महिला अधिकारीकर्मीका साथै पुलिस हुनुहुन्थ्यो । उहाँको अन्तरवार्ता टिभीमा सुन्नुभयो । त्यस दिनदेखि झन केही गरौं सोच रिता साहमा आयो । रिता साह किरण वेदी बन्ने सोच बनाउनुभयो । उहाँले पनि किरण वेदी जस्तै कपाल कटाउनु भयो । साइकल चढ्न थाल्नुभयो । जिन्स पाइन्ट लगाउन थाल्नुभयो । यी कुरालाई त्यहाँका समाजले पचाइ रहेका थिएन । उहाँका आमा–बुवाले यसलाई केही सहज रुपमा लिएपनि गाउँघर आफन्त तथा छरछिमेकले अनेक कुरा लगाउथे ।
त्यसले उहाँलाई पढ्नमा पनि असहज बनाइ रहेको थियो । उहाँलाई अनमि पढ्ने इच्छा भयो । सिटीभिटीमा फर्म खुलेको थियो । घरमा बुवालाई कन्भिन्स गरेर त्यसको परीक्षा दिनुभयो । परीक्षामा पास पनि हुनुभयो । राजविरामा अनमि पढ्न बस्यो भने घरका मान्छेले आफूलाई जसरी पनि विहे गराई दिन्छन् भनि डरले रिता साह सप्तरीकै भारदह जानुभयो । तर त्यहाँसम्म विहेको कुरा पुग्थ्यो । विदामा कहिलेकाही घर आउँदा केटावालाहरु आइपुग्थे । हेरेर जान्थे । तर विहे नगर्ने भनि रिता साहले अनेक बहाना बनाउनु हुन्थ्यो । केटावालाले सोधेका कुराहरुको उल्टासिधा जवाफ दिनु हुन्थ्यो । उहाँ पढ्न गएको बेला घरमा रहेका फोटो देखाएर केटा पक्षलाई मिलाएर राख्थे घरका मान्छेहरुले ।
त्यो थाह पाएर रिताले घरमा रहेका आफ्ना सबै फोटोहरु घरबाट फ्यालि दिनुभयो । तैपनि उहाँलाई विहे गर्न हैरान बनाएको थियो । बाहिर पढी रहेका छन्, यतिका फरवार्ड छन्, भोली गएर कुनै केटासँग भाग्यो भने सबै बर्बाद हुन्छ भनि घरका मान्छेलाई भन्दा बाहिरका मान्छेलाई चिन्ता थियो र घरमा कुरा लगाउथ्यो । रिता साहले घरमा भन्नुहुन्थ्यो, तपाईहरु ढुक्क हुनुस् म कुनै अर्को जातको केटोसँग विहे गर्दिन, वा भागेर जाँदिन तर मलाई पढ्न दिनुस् म पढाई सकाएपछि विहे गर्छु ।’ तर घरका मान्छे उहाँको कुरा मान्न तयार थिएन ।
उहाँले केही पछि घरमा भन्नुभएको थियो, ‘म विहे गर्छु त डाक्टर वा इन्जिनियरसँग मात्र नत्र गर्दिन ।’ त्यो भन्नुको एउटै कारण थियो विहेबाट पन्छिनु । एक त डाक्टर, इन्जिनियर केटो पाउँदैन, पाए भने दहेजको कारण विहे नै गर्न सक्दैन भने सोच रिता साहको थियो । त्यही भएर उहाँले घरमा त्यस्तो भन्नु भएको थियो ।
दहेज दिएर विहे गरेको होला है भनि साथीहरुले जिस्काएको कुरा रिता साहले अझै सम्झनु हुन्छ । प्रध्यापकहरुले समेत पायलिया पायलिया….गीत गाएर रिता साहलाई जिस्काउनु हुन्थ्यो । त्यो बेलादेखि आजसम्म रिताले पायल लगाउनु भएको छैन ।
पढाईसँगै जागिर पनि
२०५३ मा अनमिको पढाई सकेपछि ओजेटी ट्रेनिङका लिनु पर्नेभयो । त्यसका लागि समूहमा ठाउँ आफै छनोट गर्नुपथ्र्यो । घरपायकका लागि उहाँ राजविराजलाई पनि रोज्न सक्नु हुन्थ्यो । तर घरका मान्छेले विहे गराई दिन्छ कि भनि डरले उहाँ राजविराजलाई छनौटमा पार्नुभएन । उहाँ इटहरीलाई रोज्नुभयो । इटहरी जान दिनका लागि घरका मान्छेले मानिरहेका थिएनन् । अरुअरुले पनि छोरीलाई जान दिनु हुँदैन त्यति टाढा । त्यो राम्रा ठाउँ होइन भनि कुरा लगाउथे । तर उहाँले आफ्ना आमा–बुवालाई कन्भिन्स गरेर ट्रेनिङका लागि इटहरी जानुभयो । इटहरीमा ट्रेनिङ लिन थाल्नुभयो । ट्रेनिङको साथै जागिर पनि गरौं भनि सोच उहाँमा आयो । त्यति नै बेला दुहवीको एक अस्पतालमा भ्याकेन्सी भयो । रिता साह आफ्ना साथीहरुको साथमा गएर त्यहाँ जागिरका लागि फर्म भर्नुभयो ।
उहाँले त्यहाँ जागिर पाउनुभयो । जुन कुराको जानकारी घरमा थिएन । विस्तारै घरमा थाह पाएपछि रिता साहमाथि सबैजना रिसाए । घरका मान्छे भन्दा छरछिमेकले अनेक कुरा लगाएका थिए त्यतिबेला । तर रिता साहले कुनै कुराको परवाह नगरि उहाँ ट्रेनिङका साथै जागिरलाई पनि निरन्तरता दिनुभयो । त्यहाँ ५–६ महिना काम गरेपछि प्लान इन्टरनेशनलमा पनि जागिरका लागि भ्याकेन्सी निस्कियो । त्यहाँ पनि साथीहरुको साथमा गएर फर्म भर्नुभयो । उहाँले नाम निकाल्नुभयो । त्यसपछि उहाँ दुहवीको अस्पतालमा राजिनामा दिनुभयो ।
उहाँलाई घरबाट जागिर छाडेर घर फर्किन दवाव आइरहेको थियो । तर उहाँको बुवालाई छोरी राम्रै गरिरहेका छन् भनि लागि रहेको थियो तर घरका अन्य सदस्यहरुलाई चित्त बुझिरहेको थिएन । नर्सहरुको बारेमा गाउँघरमा अनेक अफवाहरु उडिरहेको थियो । त्यही भएर गाउँमा सबैलाई बेचैन बनाएको थियो । पछि त रिता साहलाई राम्रो घरबाट रिश्ता (विहेको कुरा) आउन छाड्यो । नर्सलाई राम्रो मानिदैन गाउँघरमा । नर्स हुने वित्तिकै छोरी मान्छे विग्रिन्छ भनि सोच हुन्छ ।
जागिर छाडे
गाउँमा आलोचना हुन थालेपछि रिता साहले बाध्य भएर जागिर छाड्नु भएको थियो । उहाँ घर फर्किनु भयो । घरमै बस्न थाल्नुभयो । कतैकतैबाट विहेको कुरा पनि आउथ्यो । केटाकेटी हेर्ने काम हुन्थ्यो । त्यतिकैमा उहाँका दाइ दिनेश साहको जागिर काठमाडौँमा भयो । रिता साह पनि दाइसँग काठमाडौँ आउनुभयो । काठमाडौँमा स्टाफ नर्स पढ्ने उहाँको सोच थियो । उहाँले स्टाफ नर्सका लागि ट्राइ गर्नुभयो । तर त्यसमा सफल हुनुभएन । त्यसपछि उहाँ ताहचल क्याम्पसमा आइएडमा नाम लेखाउनुभयो । काठमाडौँ आएपनि घरबाट विहे गर्ने दवाव छाडिएको थिएन । एकचोटी काठमाडौमा हुँदा सरकारको नोकरीमा नाम निकाल्नुभयो तर रसुवा जानुपर्ने भयो । त्यसका लागि उहाँ तयार हुनुभएन रसुवा गएपछि पढाई छाड्नुपर्छ कि भनि चिन्ता थियो रितालाई ।
काठमाडौमा हुँदा पनि घरबाट लगातार दवाव आउन थालेपछि अब अति भयो अब विहे गरि हाल्नुपर्छ भनि रिता साहलाई पनि लाग्यो । उहाँले घरमा सर्त राख्नुभयो कि ‘म विहे गरेपनि पढाई छाडदिन ।’ यसमा घरका मान्छेहरु राजि भए । आइएडको फस्र्ट इयरमै हुँदा उहाँले २०५६ सालमा सप्तरी गोइठीका तुलानारायण साहसँग विहे गर्नुभयो । तुलानारायण साह पनि त्यतिबेला काठमाडौँमै स्ट्रगल गरिरहनु भएको थियो । रिता साहलाई लागेको थियो ‘दुल्हा काठमाडौमा बस्नुहुन्छ भने अवश्य मलाई पनि यहीँ राख्नु हुन्छ र मलाई पढाईमा सहज हुन्छ ।’ विहेपछि एक डेढ महिना गाउँमा ससुरालीमा बस्नुभयो ।
काठमाडौ फर्केर उहाँले पढाईलाई निरन्तरता दिनुभयो । विहे गरेर आएपछि आइएड पढ्न ताहचल क्याम्पस जान थाल्नुभयो । गाउँले केटी जस्तो भएर उहाँ कलेज जानु हुन्थ्यो । खुट्टामा पायल हुन्थ्यो । भाषाको टोन पनि त्यस्तै थियो । त्यसले गर्दा उहाँलाई कलेजमा निकै जिस्काउथ्यो । दहेज दिएर विहे गरेको होला है भनि साथीहरुले जिस्काएको कुरा रिता साहले अझै सम्झनु हुन्छ । प्रध्यापकहरुले समेत पायलिया पायलिया….गीत गाएर रिता साहलाई जिस्काउनु हुन्थ्यो । त्यो बेलादेखि आजसम्म रिताले पायल लगाउनु भएको छैन । कोही इण्डिन भनेर जिस्काउथे भने कोही धोती भनेर जिस्काउथे । त्यतिबेला रिताले लाग्थ्यो कि आफू यो समुदायको होइन, अर्कै समुदायबाट यहाँ आएको हो । उहाँले २०५७ मा आइएड सकाउनु भयो ।
त्यसपछि उहाँ पीके क्याम्पसमा बीए पढ्न थाल्नुभयो । बीएको फस्र्ट इयरमा हुँदा रिता साहले बच्चा पाउनुभयो । त्यसपछि कलेज जान बन्द भयो । बच्चा स्याहार्न थाल्नुभयो, घर व्यवहार सम्हाल्न थाल्नुभयो । तर उहाँले हिम्मत हार्नुभएन । घरमै पढ्न थाल्नुभयो । परीक्षा दिनका लागि मात्र कलेज जानुहुन्थ्यो । सेल्फ स्टडीबाट उहाँले सन् २००५ मा बीए सकाउनुभयो । बच्चा ठूलो भइसकेपछि उहाँलाई एमए गर्न मन लाग्यो ।
अस्पतालबाटै एमएको इन्ट्रान्स
दोस्रो बच्चा पेटमा हुँदा रिता साहको स्वास्थ्य अवस्था त्यति राम्रो थिएन । त्यही कारणले सात महिनामै अप्रेशन गरेर बच्चा निकाल्यो । स्वास्थ्य अवस्था राम्रो नभएको कारण केही अस्पतालमै बस्नु पर्यो रिता साहलाई । त्यही समय मस्टर्सका लागि इन्ट्रान्स फर्म खुल्यो । यदि इन्ट्रान्स नदिएको भए एक वर्ष खेर जान्थ्यो । उहाँले अस्पतालबाटै मास्टर्सका लागि इन्ट्रान्स दिनुभयो । त्यसमा उहाँ पास हुनुभयो । मास्टर्स पढ्ने त भइयो तर घरमा दुईटा बच्चा भएपछि झन उहाँलाई फुर्सद नहुने भयो । यता सानो बच्चाको स्वास्थ्य अवस्था पनि राम्रो थिएन । त्यसले गर्दा घरमा झन समय दिनुपर्ने भयो ।
लोकसेवाको तयारी गरिरहँदा उहाँले विभिन्न खालको किताबहरु पढ्ने मौका पाउनुभयो । देश विदेशको कानुन, समाज, अर्थशास्त्रलगायतका विषयवस्तुको गहिरो अध्ययन गर्ने मौका पाउनु भयो । त्यो अध्ययनपछि संसार धेरै ठूलो रहेछ भनि रिता साहले थाह पाउनुभयो । संसार यस्ता यस्ता घटना हुन्छन् ।
उहाँ घरमै मास्टर्सको तयारीमा लाग्नुभयो । किताबहरु ल्याएर घरमै पढ्न थाल्नुभयो । समय समयमा श्रीमान तुलानारायण साह पनि काममा सघाउनु हुन्थ्यो । उहाँ सेल्फ स्टडीबाट सन् २००७ मा एमए रेगुलर नै कटाउनुभयो । छोराहरु ठूलो भएपछि जागिर खाने सोच उहाँले बनाउनु भएको थियो । तर सानो बच्चा अस्वस्थ्य भएको कारण त्यो सम्भव भइरहेको थिएन । बच्चाको स्वास्थ्य परीक्षण गराउन भारतलगायत विभिन्न ठाउँमा जानुभयो । डाक्टरहरुले बच्चालाई अलि बढी नै केयर गर्नुपर्छ भनेका थिए । श्रीमान बाहिर व्यस्त भएको कारण रिता साहलाई नै सानो बच्चाका लागि बढी समय दिनुपथ्यो । बच्चालाई ओटिजम (बौद्धिक अपाङ्गता) थियो, त्यसले गर्दा निकै केयर गर्नुपथ्र्यो ।
यतिका पढे, लेखे, मेहनत गरे, तर केही गर्न सकिएन भनि रिता साहलाई बेलाबेला घोच्थ्यो । उहाँ बेला बेला निराश भएर डिप्रेशनमा जानु हुन्थ्यो तर बच्चाका कारण उहाँले आफूलाई सम्हाल्नु हुन्थ्यो । उहाँले बच्चालाई केयर गर्नका लागि विशेष तालिम समेत लिनु भएको थियो । अधिकाँश समय बच्चासँगै बित्थ्यो । उहाँको चिनजान भएको एकजनाको स्कूल थियो । त्यो स्कूलमा आफ्नो बच्चाको भर्ना गर्नुभयो । तर बच्चासँग उहाँ आफै पनि क्लासमा बस्नु हुन्थ्यो । ६ महिनासम्म त्यही स्कूलमा त्यस्तैगरि पढाउनु भयो । त्यसपछि उहाँले त्यहीको मारिया मोन्टेश्वरीमा बच्चालाई पढाई दिन आग्रह गर्नुभएको थियो । बच्चा केही ठूलो पनि भइसकेको थियो । स्कूलले पढाई दिन तयार भयो । बच्चालाई त्यहाँ राखेपछि केही फुर्सदिलो जस्तो भयो रिता साहलाई ।
लोकसेवाको तयारी
दुईटै बच्चा स्कूल जान थालेपछि रिता साह लोकसेवाको तयारीमा लाग्नुभयो । साँझको समयमा नेममा गएर उहाँ लोकसेवाको तयारीका लागि कोचिङ पढ्न थाल्नुभयो । लोकसेवाको तयारी गरिरहँदा उहाँले विभिन्न खालको किताबहरु पढ्ने मौका पाउनुभयो । देश विदेशको कानुन, समाज, अर्थशास्त्रलगायतका विषयवस्तुको गहिरो अध्ययन गर्ने मौका पाउनु भयो । त्यो अध्ययनपछि संसार धेरै ठूलो रहेछ भनि रिता साहले थाह पाउनुभयो । संसार यस्ता यस्ता घटना हुन्छन् । देशको राजनीति यसरी अगाडि बढी रहेको छ । नीति यसरी बन्छ, आफ्नै देशका नागरिकमाथि कसरी विभेद भइरहेको छ लगायतका कुराहरु उहाँले त्यही अध्ययनको क्रममा बुझ्नुभयो ।
उहाँलाई त्यहाँ सबभन्दा ठूलो सिकाइ त त्यहाँका शिक्षकहरुबाट भएको थियो । पढाउने शिक्षकहरु आरक्षणको खुलेर विरोध गर्नुहुन्थ्यो । पिछडिएका समुदायमाथि कसरी विभेद हुँदो रहेछ भनि ती शिक्षकहरुको मुखबाट रिता साह प्रत्यक्ष सुन्नुभयो र बुझ्ने मौका पाउनुभयो । ती पढाउनेहरु कोही सचिव, कोही सहसचिव, उपसचिव तहका हुन्थे । उनीहरुको सोच नै यस्तो छ भने अरु बाहिरका व्यक्तिको सोच कस्तो होला भनि सोचेर रिता हैरान हुनुहुन्थ्यो । उहाँ त कहिले काही ती शिक्षकहरुसँग वादविवाद पनि गर्नुहुन्थ्यो । विभेद के हो, आरक्षण के हो जस्ता कुरालाई बुझ्ने प्रयास रिता साहले गर्नुहुन्थ्यो । त्यसको खोजीका लागि उहाँले किताबहरु खोजेर पढ्न थाल्नुभयो ।
पहिलो लेख कान्तिपुरमा
उहाँ पत्रपत्रिका तथा कुनै किताबहरु पढ्नु पर्यो भने आफ्नो श्रीमान तुलानारायण साहको अफिसमा जानु हुन्थ्यो । त्यहाँ अध्ययन गर्नुहुन्थ्यो । एकदिन उहाँले डायरीमा एउटा लेख लेख्नुभयो । काठमाडौँमा मधेशीमाथि कसरी विभेद हुन्छ । उहाँले काठमाडौँमा आफै कसरी विभेदहरु सहनु भएको थियो । ती सबै कुरालाई लिपीवद्ध गर्नुभएको थियो । त्यो लेखिएको कुरा तुलानाराण साहलाई देखाउनुभयो । तुलानारायणले ‘अरे वाह धेरै राम्रो लेख्नुभयो । यसलाई छपाउनु पर्यो’ भन्दै कान्तिपुरमा पठाउन सुझाव दिनुभएको थियो । रिता साहले त्यो लेखलाई कान्तिपुरमा पठाउनुभयो ।
उहाँले झमक घिमिरेको जीवन फूल कि कडा र आनि छोइङको फूलका आँखामा फुलै संसार भनि किताब पढ्नु भएको थियो । त्यसबाट उहाँ निकै प्रभावित हुनु भएको थियो ।
लेख छापियो । त्यो लेखको त्यतिबेला निकै चर्चा भएको थियो । रिता साहको निकै प्रसंशा भएको थियो । तर अर्को पक्ष पहाडी समुदायबाट आलोचना पनि भएको थियो । पछि रिता साहलाई लेख लेख्नका लागि धेरै ठाउँबाट अफर आयो । उहाँले विभिन्न ठाउँमा लेख्न थाल्नुभयो । अध्ययन अनुसन्धानको कामलाई अगाडि बढाउनुभयो र लोकसेवाको तयारी छाड्नुभयो । अब जागिर नगर्ने, बरु मधेशी समाजका लागि, मधेशीमाथि भइरहेको विभेदको विरुद्धमा केही गर्ने सोच बनाउनुभयो । र, उहाँ त्यो बाटोमा हिड्न थाल्नुभयो । अहिलेसम्म पछाडी फर्केर हेर्नुभएको छैन । निरन्तर अध्ययन अनुसन्धानमा लाग्नुभएको छ ।
त्यतिबेला उहाँको लेखाई र अध्ययन राम्रो भएपनि बोलीमा र भाषामा सुधार भएको थिएन । मञ्चहरुमा लेखेर गएपनि बोल्न आउँदैन्थ्यो उहाँलाई । त्यत्रो मान्छेको बीचमा उहाँलाई बोल्न संकोच लागि रहेको थियो । नेपाली भाषामा मैथिली टोन आएपछि कतिपयले कार्यक्रममा नै उहाँमाथि टिप्पणी हुन्थ्यो । कुनै कुनै दिन उहाँ निराश हुनुहुन्थ्यो । तर कहिले हिम्मत हार्नुभएन । उहाँले झमक घिमिरेको जीवन फूल कि कडा र आनि छोइङको फूलका आँखामा फुलै संसार भनि किताब पढ्नु भएको थियो । त्यसबाट उहाँ निकै प्रभावित हुनु भएको थियो । झमक घिमिरे जो अपाङ हुनुहुन्थ्यो खुट्टाले लेखेर यत्रो ठूलो ठूलो काम गर्नुभयो भने ‘मसँग त दुईटा हात र दुईटा खुट्टा छन् पूर्ण स्वस्थ्य छु केही न केही गर्छु जे भएपनि हिम्मत हार्दिन’ भनि अठोट गर्नुभयो । र उहाँले अरुअरुले गरेको टिप्पणीको वेवास्ता गर्न थाल्नुभयो ।
आफ्नो लक्ष्यमा निरन्तर अगाडि बढ्न थाल्नुभयो । रिता साहले लेखहरु लेख्न थालेपछि मधेशी समुदायका मान्छेले पनि उहाँले आफै लेख्नु हुन्न, तुलानारायण साह लेख दिनुहुन्छ । (तुलानारायण साह एउटा कुशल राजनीतिक विश्लेषक हुनुहुन्छ र उहाँका लेखहरु आइरहेका हुन्छन् ।) कहिले काहीं यस्ता कुराले रिता साह निराश हुनुहुन्थ्यो । तैपनि आफूलाई सम्हाल्नु हुन्थ्यो । तुलानारायण साहले रिता साहलाई भन्नुहुन्थ्यो, जुन मान्छेले त्यस्तो भन्छन्, त्यसलाई जवाफ दिनका लागि लेखाइ कार्यलाई निरन्तरता दिनुपर्छ अनि मात्र उनीहरुले थाह पाउँछन् र विस्तारै चुप लाग्छन् ।’
उहाँलाई जसले जे भन्थे त्यसैमा उहाँले अध्ययन गर्नुहुन्थ्यो । र त्यसको गहिराईमा जानुहुन्थ्यो र कुरा बुझ्ने प्रयास गर्नुहुन्थ्यो र त्यसको जवाफ दिनुहुन्थ्यो । यहाँ पहाडी समुदायका महिलाहरु पनि अध्ययन अनुसन्धान क्षेत्रमा छन् तर उनीहरु कुरा भजाएर मात्र खाइरहेका छन् । उहाँहरु निकै चतुर रहेको बुझाई रिता साहको छ । चतुरसँग काम गर्नका लागि चतुरै बन्नुपर्छ र त्यसका लागि भयंकर अध्ययन गर्नुपर्ने भनि बुझाई रिता साहको छ । रिता साह ती महिलाहरुको बराबर आउनका लागि दिनरात मेहनत गर्नुहुन्छ ।
अध्ययनको शृङ्खला
नागरिकता, दहेज, मधेशी महिला, मधेशको आर्थिक, समाजिक, साँस्कृतिकलगायतका विषयमा उहाँका लागि सैयौं लेखहरु प्रकाशित छन् । उहाँले ६ वटा लामो लामो रिसर्च गर्नुभएको छ भने उहाँले आफै विभिन्न पुस्तकहरु पनि लेख्नु भएको छ । कतिपय प्रकाशितको अवस्थामा छन् । रिता साह भन्नुहुन्छ, ‘मेरा सम्पत्ति भनेको यही हो ।’ कहिले काही अध्ययन अनुसन्धानबाट केही आम्दानी हुन्छ नत्र अध्ययन अनुसन्धानमै समय जान्छ ।
यो क्षेत्रमा नियमित कमाई छैन । अरु क्षेत्रभन्दा यस क्षेत्रमा एकदमै चुनौती छ । जति राम्रो गरेपनि एउटा न एउटा पक्ष नाखुश हुन्छन् र गाली दिइरहेका हुन्छन् । मधेशीको बारेमा राम्रो केही लेखियो भने पहाडी समुदायबाट आलोचना सुरु हुन्छ । मधेशकै बारेमा केही क्रिटिकल लेखियो भने मधेशीहरुबाट नै विभिन्न आरोपहरु लाग्न थाल्छन् । त्यसले रिता साहलाई कहिले काही निराश बनाउँछन् तर आफ्नो कर्तव्य ठान्दै फेरि त्यही बाटोमा हिड्नु हुन्छ ।
उहाँले पहाडी समुदायले मधेशीलाई पिछलग्गु बनाउन चाहन्छ । मधेशी महिलालाई नीति निर्माणका तहमा लग्न चाहदैनन् । उनीहरुले लाग्छ कि यिनीहरु पछिपछि हिडुन् । मधेशीलाई कोटामा सिमित गर्दिएको छ । केही मधेशी महिलाको आवश्यकता पर्यो भने मात्र बोलाउँछन् । त्यो सोचलाई तोड्नु पर्छ भनि बुझाई रिता साहको छ । त्यसका लागि रिता साहले कतिपय ठाउँमा झगडा पनि गर्नुहुन्छ । अहिले लाग्छ काठमाडौँमा मधेशी महिलाका लागि अवाज उठाउने एक मात्र महिला रिता साह मात्र हुनुहुन्छ । उहाँ मैतीघरको मण्डलादेखि वानेश्वरको विरोधसभासम्म पुग्नु हुन्छ । प्लेकार्ड बोकेर विभेद र अत्याचारको विरोध गर्नुहुन्छ । आफ्नो कुरा राख्दा यो कुरा जोड जवर्जस्ती उठाउनु हुन्छ । र, यसरी नै रिता साहको संघर्षको यात्रा जारी छ ।
पहिला जसले रिता साहमाथि औला उठाउथे आज उसैले उहाँको प्रसंसा गर्छन् । स्कूल पढ्दा होस् वा कलेज पढ्दा होस् रिता साहमाथि विभिन्न नामले औला उठ्थ्यो । सायद त्यो कुराको प्रवाह गरेको भए आज यो ठाउँमा आउन सक्नुहुन्थेन उहाँ । उहाँ सानैदेखि लेख पढमा चनाखो हुनुहुन्थ्यो । त्यो कुरा पछि उहाँका दाइले भन्नुभएको थियो । सानैदेखि लेखपढमा रुची राखेको कारण अहिले पनि उहाँल अधिकाँश समय अध्ययनमै विताउनु हुन्छ । उहाँले एसएलसी पास गरेको १० वर्षसम्म त्यो गाउँमा कोही एसएलसी पास गरेको थिएन । पछि रिता साहलाई देखाउँदै कतिपयले छोरीहरुलाई पनि पढाउन थालेका छन् । रिता साह भन्नुहुन्छ, जसले मेरो आमा बुवालाई तिम्रो छोरी बिग्रे भन्थे अहिले उसैका छोरी, नातिनीहरु हाफ पाइन्ट लगाएर हिड्छन् तर केही भन्न सकेका छैनन् ।’
परिवार
बुवा रामकृष्ण यादव र आमा हन्सादेवी साहका छोरी रिता साहका दिनेशकुमार साह र गजेन्द्रकुमार साह र विहिनी गीता साह छन् । छोराहरु क्षितिजप्रताव साह र प्रतिकप्रताप साह हुन् ।
तपाईको प्रतिक्रिया