नेकपाका सिद्धार्थ यादव काँग्रेसमा प्रवेश

सिरहा (औरही) जेठ २५ गते । नेपाली कम्युनिष्ट पार्टीका नेता सिद्धार्थ यादव नेपाली काँग्रेसमा पनि प्रवेश गर्नुभएको छ । २०७४ को स्थानीय चुनावमा काँग्रेसबाट तत्कालिन माओवादीमा प्रवेश गरेर औरही गाउँपालकिाको अध्यक्षमा चुनाव जित्नु भएका सिद्धार्थ यादव २०७९ को चुनाव हार्नुभएको थियो । चुनाव हारेपछि उहाँ नेकपामा निस्कृय हुनुभएको थियो । उहाँ निस्कृय भएपनि पार्टी छाड्नु भएको थिएन ।

आज उहाँ आफ्ना कार्यकर्ताहरु सहित नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको हो । स्रोतका अनुसार उहाँ २०८४ मा औरही गाउँपालिकाका अध्यक्षमा चुनाव लड्ने तयारीका साथ काँग्रेस पार्टीमा प्रवेश गर्नुभएको हो । यद्यपी उहाँले आफू अगामी चुनाव लड्ने या नलड्ने विषयमा केही खुलाउनु भएको छैन । सिरहा औरही गाउँपालिकाको अध्यक्षमा चुनाव लड्ने तयारीमा रहनु भएका नेकपाका अर्का नेता जीवछ यादव पनि सो पाटी छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा यसअघि नै प्रवेश गरिसक्नु भएको थियो ।

२०७९ मा सिद्धार्थ यादवलाई चुनाव हराउनेमा जिवछ यादवको मुख्य भूमिका रहेको दावी सिद्धार्थ यादव पक्षको थियो । सिद्धार्थ यादवको विरुद्धमा उहाँले आफ्नो आमालाई उम्मेदवार बनाउनु भएको थियो । त्यस्तै आरोप जीवछ यादवको पनि रहेको छ । २०७४ को चुनावमा सिद्धार्थ यादवले आफूलाई सहयोग नगरेको कारण चुनाव हारेको दावी गर्दै आउनु भर्एको थियो । २०७९ मा पनि सिद्धार्थ यादवको कारण चुनाव हारको दावी जीवछ यादवको रहेको छ । तर अब दुवै जना नेकपा छाडेर अन्य अन्य पार्टीमा गइसक्नु भएको छ ।

तर दुवै जना औरही गाउँपालिकाका लागि अध्यक्षका भावी उम्मेदवार हुनुहुन्छ । रास्वपाका जीवछ यादव पनि अध्यक्षमा उठ्ने लगभग निश्चित गर्नुभएको छ भने सिद्धार्थ यादव पनि गाउँपालिका अध्यक्षको दावेदवार हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया