मधेश प्रदेशको विरुद्ध पुतला जलन

जनकपुर माघ ४ गते । प्रदेश २ को नाम ‘मधेश’ प्रदेश राखेकोमा त्यसको विरोध भइरहेको छ । पर्सा, धनुषालगायत विभिन्न ठाउँमा असन्तुष्ट समूहले विरोध जनाइरहेको छ ।

जनकपुरलाई राजधानी बनाएको भन्दै पर्सामा मुख्यमन्त्री लालबाबु राउत विरुद्ध नारावाजी र विरोधका कार्यक्रम भयो भने धनुषामा केही युवाहरुले मधेश प्रदेश नाम राखेको विरोधमा प्रदेश सांसदहरुको पुतला जलाएका छन् । पर्साको घण्टाघर चौकमा मुख्यमन्त्री राउतको पुतला जलाउनुको साथै उहाँको विरोधमा नारावाजी पनि गरेका छन् ।

पर्साबाट चुनाव जितेर गएपछि यसको महत्व नबुझेको र जनकपुरका नेताहरुसँग मिलेर जनकपुरलाई राजधानी बनाएको भन्दै आन्दोलनकारीले राउतको विरोध गरेका छन् ।

जनकपुरको जानकीचौकमा एक युवा समूहले ८ जिल्लालाई मात्र मधेश प्रदेश घोषणा गरेको विरोधमा पुतला जनाउनुको साथै नारवाजी समेत गरेका छन् । उनीहरुले यसअघि २२ जिल्लालाई मधेश भनिएको थियो अहिले आठ जिल्लामा मात्र मधेश प्रदेश घोषणा गरेको भन्दै त्यसको विरोध गरेका छन् ।

युवा नेता सुशिल कर्णको अगुवाईमा पुतला दहन गरिएको हो । सो क्रममा आन्दोलनकारीहरुले २२ वटा जिल्लालाई मधेश प्रदेश बनाउन विगतमा पटक पटक आन्दोलन भएपछि अहिले ८ जिल्लामा मधेस सीमित गरिएको आरोप लगाए ।
कर्णले भन्नुभयो, ‘मिथिला भोजपुरा मधेस प्रदेश नाम राख्नुपर्नेमा प्रदेश सांसदहरुले मधेशको पूर्वी क्षेत्र र पश्चिम क्षेत्रको भूभागलाई बेवास्ता गर्दै ८ जिल्लामा सीमित गर्ने काम २२ जिल्ला विरोधी हो ।’

तपाईको प्रतिक्रिया