काठमाडौँमा किसान मर्दा कहाँ थिए सिके राउत ?

–अशोक कुमार यादव
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले सिके राउतप्रति दिएको अभिव्यक्तिलाई संमयमताको रूपमा लिनुको सट्टा भ्रामक कुप्रचार गर्नेहरुलाई यो वास्तविकता र सत्य कुरा थाहा हुनु अति जरुरी छ ।

१. गौरमा हिजो भएको समाजवादी युवा संघको कार्यक्रम जसरी पनि बिथोल्न सिके राउतका कार्यकर्ता तयार भएर बसेको थिए, सिकेको कार्यकर्ता जस्तै जनता समाजवादी नेपालको पनि कार्यकर्ता लडाइँ गर्न तयार भएको भए त्यहाँ गौर घटना जस्तो हुन सक्थ्यो । अभिव्यक्तिमा त्यो कुरा भन्न खोजिएको छ तर त्यस्तो कुनै प्रकारको घटना हुन नदिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव र कृषि राज्य मन्त्री योगेन्द्र राय यादवले आफ्ना कार्यकर्तालाई निर्देशन दिएका थिए, जसका कारण अप्रिय घटना हुनबाट जोगियो ।


२. मन्त्री रेणु यादव र कृषि राज्य मन्त्री योगेन्द्र यादवलाई सिके राउतका कार्यकर्ताहरुले कार्यक्रम स्थलमा प्रवेश नै गर्न नदिन बिपी चौकमा लठ्ठी भाट्ठा लिएर नारा जुलुस लगाउँदै थिए । त्यही बाटो भएर आउँदा दुवै पार्टीका कार्यकर्ता बीच झडप भई अप्रिय घटना समेत हुन सक्ने अवस्था देखेपछि त्यस्तो हुन नदिन मन्त्री रेणु यादव र कृषि राज्य मन्त्री योगेन्द्र यादवले बाटो परिवर्तन गर्दै अर्को बाटो भएर कार्यक्रममा प्रवेश गरेका थिए ।

३. सिके राउतका कार्यकर्ता यस्ता किसिमका हिंसात्मक गतिविधिमा लागेको भन्दै मन्त्री रेणु यादवले त्यस्तो नगर्न उनीहरुलाई सम्झाउन र सचेत गराउन मात्र खोजेको विषयलाई अर्कै तिर मोडेर केही व्यक्तिले विवादित बनाउने दुस्प्रयास गर्नु निन्दनीय कार्य हो ।
मन्त्री रेणु यादवको यदि हत्या हिंसा नै गराउने मनसाय भएको भए आक्रोसित आफ्ना कार्यकर्तालाई झागडा नगर्न निर्देशन दिँदैन्थे, र मूल बाटो छोडेर अर्को बाटो भएर कार्यक्रम जाँदैन्थे, त्यसैले अब तपाईंहरू नै विचार गर्नुस् ।

४ .सिके राउत सहिदप्रति सच्चा भावना राखेको भए बलिदानी दिवसको दिन सहिदको समझनामा राखेको कार्यक्रमलाई लक्षित गरि बिथोल्ने प्रयास गरेकोलाई के भनु हुन्छ ?

५ .काठमाण्डौमा भएको किसान आन्दोलनमा किसानको मृत्यु समेत भएपनि ओलिको सरकार हुँदा एक शव्द नबोल्ने सिकेलाई के भन्ने ?

६ .जहिले पनि मधेशी नेतालाई मात्रै अनावश्यक रुपमा गाली दिने जस्तो कार्यलाई के भन्ने ?

तपाईको प्रतिक्रिया