सिके राउतका आन्दोलनलाई ओलीको साथ

धनुषा माघ ७ गते । सिके राउत नेतृत्वको जनमत पार्टीले गर्दै आएको आन्दोलनलाई एमालेको भातृसंगठन युवा संघ नेपालले साथ दिएको छ ।

आज संघले धनुषा, सप्तरी, महोत्तरीलगायतका जिल्लामा प्रदर्शन गरेको छ । संघको मधेश प्रदेश समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको राजीनामा माग गर्दै प्रदर्शन गरेको छ । जनमत पार्टीका अध्यक्ष सीके राउतलाई लक्षित गर्दै दिएको अभिव्यक्तिको विरोधमा संघले प्रदर्शन गर्दै राजीनामा माग गरेको हो ।

प्रदर्शनका क्रममा युवा संघका कार्यकर्ताले सरकारविरुद्ध कडा नारावाजी समेत गरेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री यादवलाई बर्खास्त नगरे कडा आन्दोलन जाने चेतावनी युवा संघ, मधेश प्रदेशका अध्यक्ष जानी खानले दिएका छन् ।

एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले आफू प्रधानमन्त्री रहनु भएको बेला मधेश अलग गर्ने अभियानमा रहेका सिके राउतलाई मूलधारमा ल्याउनु भएको थियो । त्यो बेलादेखि सिके राउतको जनमत पार्टी र एमालेबीच अघोषित गठबन्धन रहदै आएको छ । तराई मधेशमा सिके राउतले मधेश केन्द्रीत दललाई टार्गेट बनाएर आन्दोलनलाई अघि बढाएको छ । त्यसमा एमालेको अघोति सहयोग रहेको छ ।

ओली प्रधानमन्त्री रहेको बेला चुपचाप बस्नु भएका सिके राउत देउवा नेतृत्वको सरकार बन्ने वित्तिकै आन्दोलनलाई तीब्रता दिएको कतिपयको आरोप छ ।

तपाईको प्रतिक्रिया