काठमाडौँ माघ १३ गते । चीनले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको आरोप लगाउँदै मोरङ्को विराटनगरमा राष्ट्रिय एकता अभियान नेपालले आज प्रदर्शन गरेको छ ।
अभियानले नेपालको आन्तरिक मामिलामा चीनले हस्तक्षेप गरेको, सीमा मिचेको, सीमा नाका बन्द गरेको भन्दै चीनविरुद्ध प्रदर्शन गरेको हो । विराटनगरको महेन्द्र चोकबाट शुरु भएको ¥याली भट्ठा चोकमा पुगेर सकिएको थियो । अभियानका मोरङ संयोजक जितेन्द्र यादवले नेपालको आन्तरिक मामिलामा चिनियाँ हस्तक्षेप बढिरहेकाले सचेत पार्न यसरी प्रदर्शन गरेको बताउनुभयो ।
राष्ट्रिय एकता अभियानका संयोजक विनय यादवले नेपालमा चिनियाँ गुप्तचर संस्था एमएससले गतिविधि बढाइरहेको, नेपालको अन्य देशसँगको सम्बन्धमा खेल्ने गरेको, चिनियाँ राजदूत नेपालको आन्तरिक मामिलामा खेलिरहेको, सीमा मिचेको, सीमा नाका एकतर्फी रुपमा बन्द गरेको, चीनमा अध्ययन गरिरहेका विद्यार्थीलाई फर्कन नदिई भविष्य अन्यौलमा पारेको कारण प्रदर्शन गर्नुपरेको बताउनुभयो ।


तपाईको प्रतिक्रिया