आठ जिल्ला मात्र मधेश होइन नि (फरकमत)

मधेश प्रदेश ल्याउन जति योगदान सिरहाका रमेश महतोको छ, त्यति नै योगदान सुनसरीका भगवती मण्डलको पनि छ । मधेश प्रदेश ल्याउन सप्तरीका मनिषा झाको जति योगदान छ, त्यति नै योगदान बाँकेका तुलाराम त्रिपाठीको पनि छ ।

–सीताराम अग्रहरी
प्रदेश २ को नामाकरण भो । उहिल्यै भइ सक्नुपथ्र्यो, ठीकठाक भो जेनतेन । काँग्रेसले अझ मधेश स्वीकारेको देखिएन । काँग्रेसको प्रस्ताव पहिचानलाई सम्बोधन गर्ने जस्तो देखिए पनि पहिचानको अन्तर्विरोधमा खेलेको हो । मिथिला र मधेशबारे अलिकता अन्तर्विरोध जस्तो पनि देखिन्छ तर वास्तवमा अझ साँघुरो दृष्टि राख्नेहरुका लागि यो कुण्ठा हो । हो, मिथिला मधेशको प्राण हो । मधेश र मधेशीको अस्मिता, आस्था, प्राचीनता र प्रमाणिकतासँग जोडिएको छ मिथिला । नभए मधेशीलाई मध्यप्रदेशसँग जोड्ने गरिएको पनि धेरै भएको छैन । एउटा कलुषित सोच छ हाम्रो शासकीय खलकमा मथेशीहरुका बारेमा मधेस=भारत, मधेसी=भारतीय त्यसलाई मिथिलाले गजबको झापड दिन्छ ।

अझ सिमरौनगढमा हरपसिंह देवको कर्नाट वंशीय शासनको मात्र उदाहरण अघि सार्ने हो भने मिथिला र मधेशको इतिहास गोरखाभन्दा कहाँ कहाँ पुरानो छ । यसो भएपनि विराटदेखि अवधसम्मका नागरिकले मधेश र मधेशीका नाममा आन्दोलन गरेका र शहादत दिएका हुन । ती मैथिल पनि थिए, भोजपुरा, अवधी र कोशी पारिका विराटपुत्र, पुत्री पनि थिए । मिथिला मधेशीको साँस्कृतिक, धार्मिक, आध्यात्मिक धरोहर हो भने मधेश यसको राजनीतिक, सामाजिक, भौतिक विस्तार । कालान्तरमा यसले यस्तो रुप लिदै गयो जसमा मिथिला, अबध र विराट सबै क्षेत्र सम्बोधित हुन थाले । यो नाम र पहिचान यस भेगका मानिसले आफै रोजेका हैनन, शासकहरुले दिएको मान्यता हो । पृथ्वीनारायण शाहका पिता नरभुपाल शाहका पालामा जुन खर्च लेखिएको छ त्यहाँसमेत मधेसी शब्द उल्लेख छ । चितवनलाई भित्री मधेश उल्लेख गरिएको भूगोलका पुस्तकहरुमा पाइन्छ ।

यो नबिर्साैं परतन्त्र मधेशीको मुद्दा बोेकेर राजा त्रिभुवन समक्ष अनसन गर्ने मधेशवादका आदि अभियन्ता रघुनाथ ठाकुर र क्रान्तिकारी नेता, कवि श्यामलाल मिश्र कोशी पारिका थिए । यो नामाकरणले मधेसीको समग्र शक्तिलाई अवमूल्यन गरेको छ ।

स्पष्ट छ, मधेश नेपालको समग्र समतल भूभागलाई सम्बोधित भूखण्ड हो जसलाई अहिले मधेशका केही उच्च जातीय वर्चस्ववादीहरुले नकार्ने प्रयास गरिरहेका तिनका नाम, थरबाट छर्लङ्ग हुन जान्छ । आश्चर्य छ, जसले समग्र मधेशका नाममा आन्दोलन गरे, लाठी, गोली खाए तिनले कहिले मिथिलाको विरोध गरेनन् तर अहिले मिथिलाको नाममा केहीले मधेशको विरोध गरिरहेका छन् जुन कि जातीय टिपिकल जनकपुरिया कुण्ठाभन्दा बढी केही हैन ।


जहनँसम्म आठ जिल्लाको नामाकरणको प्रश्न छ, यो नामाकरणसँगै अलिकता खुशी र धेरै निराशा नै छ खासगरी हामी जस्तालाई जो यी आठ जिल्ला बाहिरका छन् । के अब कोशी पारिका या नारायणी पारिका १२ जिल्लाका मधेशीहरु मधेशी रहेनन्, जो मधेसी भएको पीडा लिएर बाच्दछन् ? मधेश के अब आठ जिल्लामात्र रह्यो ? मध्यमधेश सर्वाेतम विकल्प हुँदाहुँदै नेताहरूले जे रोजे त्यसबाट तिनको चित्त र चरित्र देखिन्छ । ती आजका लागि मात्र बाँचिरहेका हुन् । मधेशमा कुनै राजनेता छैन । म मान्दछु, यी आठ जिल्ला मधेशका इपिसेन्टर हुन् तर यो नबिर्साैं, मधेश विद्रोह लहानबाट भन्दा अघि सर्वप्रथम नेपालगञ्जबाट शुरु भएको थियो । यो नबिर्साैं परतन्त्र मधेशीको मुद्दा बोेकेर राजा त्रिभुवन समक्ष अनसन गर्ने मधेशवादका आदि अभियन्ता रघुनाथ ठाकुर र क्रान्तिकारी नेता, कवि श्यामलाल मिश्र कोशी पारिका थिए । यो नामाकरणले मधेसीको समग्र शक्तिलाई अवमूल्यन गरेको छ ।

सबभन्दा बढी रुपन्देही जिल्लामा १० जना मधेशी युवाले सहादत दिएका छन् भने मोरङ्गमा नौजना, बाँकेमा आठजना, सुनसरीमा सातजना, बर्दियामा दुईजना, नवलपरासी, कैलालीमा एक–एकजनाले सहादत दिएका हुन् ।

मधेश आन्दोलनमा भएका सहिदको नामावली हेर्दा आठ जिल्लाबोहक मधेशका अन्य जिल्लाबाट ३८ जना सहिद भएका हुन् । त्यसमा सबभन्दा बढी रुपन्देही जिल्लामा १० जना मधेशी युवाले सहादत दिएका छन् भने मोरङ्गमा नौजना, बाँकेमा आठजना, सुनसरीमा सातजना, बर्दियामा दुईजना, नवलपरासी, कैलालीमा एक–एकजनाले सहादत दिएका हुन् । उनीहरु पनि मधेश प्रदेशकै लागि सहादत दिएका हुन् । २०६४ देखि २०७४ सम्म ११७ जनाले सहादत दिएका छन् । यसमा प्रहरीहरु तथा केही पहाडी समुदायको नाम पनि रहेका छन् । मधेश प्रदेश ल्याउन जति योगदान सिरहाका रमेश महतोको छ, त्यति नै योगदान सुनसरीका भगवती मण्डलको पनि छ । मधेश प्रदेश ल्याउन सप्तरीका मनिषा झाको जति योगदान छ, त्यति नै योगदान बाँकेका तुलाराम त्रिपाठीको पनि छ । तर आठ जिल्लाले जे पहिचान पाएको छ त्यो पहिचान बाँके, सुनसरी, मोरगं, बर्दिया, नवलपरासी, रुपन्देही, बर्दिया र कैलालीका जनताले पाएनन् जबका मधेशी पहिचानका लागि त्यहाँका जनताले पनि हाँसी हाँसी बलिदानी दिएका थिए ।

एक, मधेश आन्दोलन उपेक्षित र बहिष्कृत नेपालीहरूको अस्मिता र आत्मसम्मानको संघर्षमा अविस्मरणीय उदाहरण र उत्प्रेरणा बनेको यी आठ जिल्लाको संघर्षले मात्र होइन । अर्को, बीस जिल्लामा फैलिएको आन्दोलनले सिंहदरबार नै हल्लाइ दियो । शासकहरुको मनमा मधेश आन्दोलनको व्यापक स्वरुपले भय पैदा गरिदियो । आठ जिल्लामा मात्र मधेश आन्दोलन चलेको भए यी आठ जिल्लालाई पनि शासकहरुले दिन मान्थे भन्ने कुरा गाह्रो छ । कोशी पारि र नारायणी पारिका मधेशीहरुका लागि जसले समग्र मधेशका नाममा लट्ठी गोली खाए यो नामाकरण हर्ष न बिस्मात भएको छ । यो शासकहरुको ट्याक्टिसको जित हो भने अझ जाने अञ्जाने मिथिला–मिथिला मात्र कराउनेहरुका काम शासकहरुका मतियारसरह देखिन्छ ।
(लेखक सीताराम अग्रहरी गोरखापत्रका पूर्व प्रधानसम्पादक हुनुहुन्छ)

तपाईको प्रतिक्रिया