गाउँपालिका तथा नगरपालिकामा तदर्थ समिति गठन गर्न महन्थ ठाकुरको निर्देशन (सर्कुलरसहित)

काठमाडौँ माघ २६ गते –लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले स्थानीय तहको गाउँ पालिका र नगरपालिकाको संयोजक तोकेर तदर्थ समिति गठन गरी केन्द्रमा पठाउन पार्टीका जिल्ला कमिटीलाई सर्कुलर गर्नुभएको छ ।

तदर्थ समिति गठन गरी मात्र वडा समितिहरु गठन गर्न निर्देशन दिँदै अध्यक्ष ठाकुरले यस्ता पालिका र वार्ड समितिहरु गठन गर्दा समावेशिताको सिद्धान्तलाई ध्याना दिन निर्देशन दिनुभएको छ ।

उहाँले पालिका अध्यक्ष मात्र स्थानीय तहको उम्मेदवार हुने होइन, योग्य उम्मेदवारलाई पार्टीद्वारा उम्मेदवारका लागि टिकट दिइने समेत स्पष्ट हुन आग्रह गर्नुभएको छ । साथै उपमहानगर पालिका र महानगर पालिकाको तदर्थ समिति केन्द्रबाट नै गठन हुने समेत उहाँले सर्कुलरमा भन्नुभएको छ ।

 

तपाईको प्रतिक्रिया