जनमत पार्टीले गरायो गृहमन्त्री खाँणलाई ध्यानाकर्षण

काठमाडौँ माघ २८–किसानको समस्या समाधानका लागि उच्च स्तरीय समिति गठन गर्नुपर्ने भन्दै जनमत पार्टीले गृहमन्त्री बालकृष्ण खाँणलाई ध्यानाकर्षण गराएको छ ।

जनमत पार्टीका उपाध्यक्ष नरेन्द्र चौधरी र महासचिव चन्दन सिंह गृहमन्त्री खाँणलाई भेटेर सो ध्यानाकर्षण गराउनु भएको छ । जनमत पार्टीका महासचिव चन्दन सिंहका अनुसार किसानको समस्या समाधानका लागि सरकार गम्भिर रहेको र यसका लागि सरकारले काम गरिरहेको गृहमन्त्री खाँणले बताउनुभएको छ ।

गृहमन्त्री खाँणले किसानको समस्या समाधानका उच्च स्तरीय समिति गठन गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सकारात्मक रहेको र अरु पुनः उहाँसँग कुरा गरेर यसलाई अगाडि बढाउने प्रतिवद्धता जनाउनु भएको छ । महासचिव चन्दन सिंहले भन्नुभयो, किसानका समस्या समाधानका लागि गृहमन्त्री सकारात्मक हुनुहुन्छ र तर त्यो काम कहिले हुन्छ त्यो कुरा हेर्न बाँकी छ ।’

तपाईको प्रतिक्रिया