एमसीसीको बारेमा निर्णय गर्ने अधिकार महन्थ ठाकुरलाई

काठमाडौँ फागुन ११ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले एमसीसीको बारेमा निर्णय गर्ने सम्पूर्ण अधिकार सो पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ । बबरमहलस्थित पार्टी कार्यालयमा आज बसेको संसदीय दल तथा शीर्ष नेताहरुका बैठकले सो अधिकार दिएको सो पार्टीका सांसद अकवाल मियाँले बताउनुभयो ।

संसदमा टेबल भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को पक्षमा नै मतदान गर्ने निर्णय भएको हो तर त्यस सम्बन्धी अरु थप केही निर्णय गर्नुपरे त्यो अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिएको उहाँले जानकारी दिनुभयो ।

भोली बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी प्रस्तावमाथि छलफल हुँदैछ । लोसपाले एमसीसीको पक्षमा मत दिने निर्णय गरेको हो । संसद् सचिवालयले भोलि एमसीसीमाथि छलफल हुने कार्यसूचीसमेत सार्वजनिक गरिसकेको छ । त्यसैले भोलिको संसद बैठक एमसीसीका लागि निर्णायक हुन सक्ने भन्दै लोसपाले पक्षमा मत दिने निर्णय गरेको हो ।

 

तपाईको प्रतिक्रिया