Khadya Bibhag

जसपामा बाबुरालाई के नपुग्या हो र ?

पार्टी भित्र बाबुराम भट्टराई पार्टीको सर्वोच्च निकायको अध्यक्ष, पत्नी पार्टी को पूर्व उपाध्यक्ष वर्तमान कार्यकारीणी समिति सदस्य, छोरी केन्द्रीय सदस्य, ज्वाँई लगायत स्वकीय केन्द्रीय सदस्य उहाँको नजिकका नातेदारहरू पार्टीका केन्द्रीय सदस्य ।

–जितेन्द्र यादव
मधेश आन्दोलनको रापतापमा भएको पहिलो संविधान सभाको चुनावमा दुई तिहाई भन्दा बढी मधेशी, जनजाती तथा उत्तपीडित समुदायहरूको प्रतिनिधित्व भएको अवस्थामा संविधान निर्माण गर्नबाट रोक लगाउने डा. बाबुराम भट्टराईले संविधानसभा विघटन गरेको कुरा स्मरणीय छ । देशभरमा एउटा सिट जित्ने नयाँ शक्ती पार्टीका अध्यक्ष बाबुराम भट्टराईले मधेशी जनजाती एवम् उत्तपीडनमा परेका समुदायहरूको एकता देख्दा देशमा फेरी खस बाहुनवादको उन्माद समाप्त हुने डरले पार्टी एकीकरण गरेर देशको बैकल्पिक शक्ति बनाउने नाममा सोझा मधेशी जनजातीलाई फेरी धोखा दिने भएको छ ।

देशमा जसपा, नेपाल बैकल्पिक शक्तिको रुपमा उकालो चढ्दा किन फेरी पनि पार्टी फोड्न कम्मर कसेको हो ? प्रश्न उठ्नु स्वभाविक हो र उठ्नु पनि पर्दछ । बाबुराम भट्टराई देशको प्रधानमन्त्री भइसकेको व्यक्तित्व हुनुहुन्छ, उहाँले लिनु भएको अठोट यति सजिलै तोड्नु भनेको उहाँमाथि पार्टी फोर्ने कम्पनीको ट्याग लाग्न सक्छ । हिजो जसपाको लागि मर्ने अनि आज जसपा फोर्ने, यहि हो राजनीतिक भने हाम्रै पार्टीका वरिष्ठ नेता अशोक राईसँग संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईल सिक्नु पर्ने हुन्छ ।


त्यसो भने उत्पीडित समुदाय र पार्टीको लागि आफ्नो सम्पूर्ण जीवन समर्पित गर्ने वरिष्ठ नेता अशोक राईले के पाउनु भयो ? त्यसैले भन्छन् पढेर मात्र हइन परेर पो बुझिन्छ । उत्पीडित समुदाय हरूको पीडा बाबुरामले अझ पनि बुझ्न नसक्नु भनेको उहाँलाई केही परेको छैन । नत्र भने पार्टीमा उहाँलाई नपुगेको के हो र ? दुईवटा कुरा नपुगेकै हो ।

एउटा, हिसिला यमीलाई ६ महिनाका लागि भएपनि मन्त्री बनाउन पार्टी भित्र दबाव, त्यो भएन । अर्को, नवराज सुवेदीलाई राष्ट्रियसभाको उम्मेदवार बनाउन पार्टी भित्र दबाव, त्यो पनि भएन ।

बाँकी पार्टी भित्र बाबुराम भट्टराई पार्टीको सर्वोच्च निकायको अध्यक्ष, पत्नी पार्टी को पूर्व उपाध्यक्ष वर्तमान कार्यकारीणी समिति सदस्य, छोरी केन्द्रीय सदस्य, ज्वाँई लगायत स्वकीय केन्द्रीय सदस्य उहाँको नजिकका नातेदारहरू पार्टीका केन्द्रीय सदस्य । उहाँलाई पार्टी भित्र नपुगेको के हो र ?

उहाँलाई अपच भएको राष्ट्रिय सभा सदस्य मो. खालिद र हेमराज राई हो । त्यसैले पार्टी फोड्न कम्मर कसेको बाबुराम भट्टराई मधेशी जनजातीलाई भिडाउन एमसीसीको सहारा लिनु भएको छ । एमसीसीको बहानामा आन्तरिक तथा बाहिरी शक्ति केन्द्रीत गरी पार्टी फुटाउन लाग्नु भएको हो । उहाँको गतिविधिहरु हेर्दा फेरी एकात्मक शासकको वाहुनवादी चरित्र देखा परेको छ । पार्टी बैठक बोलाउन दबाव श्रृजना गर्ने बाबुराम भट्टराई त पार्टी कब्जा गर्ने रणनीतिमा पो व्यस्त हुनु भएको हो भन्ने कुरा यथार्थता सहित बाहिरीएको हो ।

त्यसो नभएको भए पार्टीको बैठक १३ फाल्गुनमा एजेन्डा सहित राखिएको हो र त्यस बैठकले एमसीसीको विषयमा पार्टीको आधिकारिक धारणा आउने अवस्थामा जिम्मेवार बाबुराम भट्टराई नयाँ शक्तिको बैठक किन छुट्टै राख्नु पर्ने हो ? एमसीसीलाई हथियारको रुपमा प्रयोग गरि पार्टी फुटाएर अधिकारवादी आन्दोलनलाई फेरी समाप्त पार्ने भएकोले सम्पूर्ण उत्तपीडनमा परेका जनता सचेत रहनु आवश्यक छ ।
(लेखक जितेन्द्र यादव मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतका स्वकीय सचिव हुनुहुन्छ)

तपाईको प्रतिक्रिया