अन्तिम समयमा किन स्थगित भयो संसद ?

काठमाडौँ फागुन १२ गते । अमेरिकी सहायता मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) को बारेमा छलफल गर्न बोलाइएको संसदको बैठक भोली १ वजेका लागि स्थगित भएको छ ।

दलको बीचमा राजनीतिक सहमति कायम नभएको कारण सो बैठक स्थगित भएको सूोतले जनाएको छ । स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा नै दलहरुसँग थप छलफलका लागि समय माग गरेपछि संसदको बैठक स्थगित भएको हो । एमसीसीको विषयमा छलफलका लागि आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको थियो ।

बैठक वस्नुअघि माओवादीका अध्यक्ष प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सोही पार्टीका वरिष्ठ नेता झलनाथ खनालसँग छलफल गर्नुभएको थियो । त्यसपछि उहाँ प्रधानमन्त्री देउवसँग बालुवाटारमा छलफल गर्नुभएको थियो । तर यी छलफलले पनि सहमति नजुटेपछि बैठक स्थगित भएको हो ।

आजको बैठकमा अमेरिकी सहायता मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौतामा सैद्धान्तिक छलफल गर्नेलगायत कार्यसूची राखिएको थियो । कार्यसूचीबारे सभामुख अग्निप्रसाद सापकोटाले बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक डाक्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया