जसपाको नेतालाई एमसीसी अध्ययन गर्न ‘होमवर्क’

काठमाडौँ फागुन १३ गते । जनता समाजवादी पार्टी नेपाल नेपालको कार्यकारिणी समितिको बैठकमा एमसीसीबारे अध्ययन गर्न नेताहरुलाई त्यसको सम्झौता पत्र वितरण गरिएको छ ।

एमसीसीको सम्झौतापत्र बारेमा अध्ययन गरेर आएपछि शनिबार त्यसको विषयमा छलफल हुने बताइएको छ । त्यसका साथै स्थानीयत तहको निर्वाचन बारेमा पनि छलफल भएको छ तर त्यसको कुनै निष्कर्ष निस्किएको छैन । भोली पनि त्यसको बारेमा छलफल हुनेछ ।
पार्टीले विभिन्न १२ वटा एजेण्डा तय गरेको छ । आज स्थानीय तह र एमसीसीको एजेण्डामा छलफल सुरु भएको छ । शनिबार मध्यान्ह १२ बजेका लागि बैठक राखिएको छ ।

यी हुन् १२ वटा एजेण्डा
बैठकमा १२ वटा एजेण्डा प्रस्तुत भएको छ । पार्टीका कार्यालय सचिव प्रकाश अधिकारीका अनुसार स्थानीय तहको निर्वाचन, एमसीसी, समसामयिक राजनीतिक अवस्था, कार्यकारिणीलाई पूर्णता, केन्द्रीय समितिको कार्यविभाजन, नेतृत्व प्रणाली, विधान अधिवेशन, सुज अभियान, सरकारमा सहभागी मन्त्रीहरुको कार्य समिति, केन्द्रीय समिति र संघीय परिषद्को बैठकलगायतको एजेण्डा तय भएको छ ।

तपाईको प्रतिक्रिया