Khadya Bibhag

जसपाको १२ एजेण्डामा बल्ल औपचारिक छलफल सुरुः के के हुन् एजेण्डा ?

काठमाडौँ फागुन १३ गते –जनता समाजवादी पार्टी नेपालले १२ वटा एजेण्डामा छलफल सुरु गरेको छ । १२ वजेदेखि बसेको बैठकमा अनौपचारिक छलफल भएको थियो । सो अनौपचारिक बैठकले एजेण्डामा छलफल गरेको थियो ।

बैठकमा स्थानीय तहको निर्वाचन, एमसीसी, समसामयीक राजनीतिक अवस्था, कार्यकारिणीलाई पूर्णता, केन्द्रीय समितिको कार्यविभाजन, नेतृत्व प्रणाली, विधान अधिवेशन, सुज अभियान, सरकारमा सहभागी मन्त्रीहरुको कार्य समिति, केन्द्रीय समिति र संघीय परिषद्को बैठकलगायतको एजेण्डामा छलफल सुरु भएको कार्यलय सचिव प्रकाश अधिकारीले बताउनुभयो ।

संघीय परिषदका अध्यक्ष अध्यक्ष डा.बाबुराम भट्टराईले हस्ताक्षर अभियान चलाएको बारेमा पनि बैठकमा छलफल हुने उहाँले बताउनुभयो । पार्टीमा आफ्नो शक्ति देखाउनका लागि अध्यक्ष भट्टराईले केन्द्रीय समितिमा हस्ताक्षर अभियान चलाउनु भएको थियो । त्यसले अध्यक्ष यादव पक्षलाई चित्त दुखाएको छ ।

 

तपाईको प्रतिक्रिया