महाशिवरात्रीको अवसरमा सिरहा समाज सेवाको निशुल्क स्वास्थ्य शिविर

काठमाडौँ फागुन १७ गते । महाशिवरात्रीको अवसरमा सिरहा समाज सेवाले स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
पशुपतीनाथ मन्दीर परिसरमा आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा सातसय भन्दा बढी व्यक्तिले स्वास्थ्य जाँच गराएको सिरहा समाज सेवाका अध्यक्ष विष्णु साहले जानकारी दिनुभयो । शिविरमा माक्स र औषधी पनि निशुल्क वितरण गरिएको छ । उहाँका अनुसार माक्स मात्र नौ कार्टुन वितरण गरिएको छ भने औषधी पनि सोही मात्रामा वितरण गरिएको छ ।


नेपाल मेडिकल कलेज अतरखेलका डा.ऋषि साहको नेतृत्वमा आठजना डाक्टर र चारजना नर्स सो शिविरमा खटिनु भएको थियो । उहाँहरुले पनि निशुल्क सेवा दिनु भएको अध्यक्ष साहले बताउनुभयो । शिविरमा ब्लड प्रेसर जँचाउनेको सँख्या अत्याधिक थिए । त्यसबाहेक रुघा खोकी, टाउको दुखाइका विरामीहरु पनि शिविरमा आएका थिए ।


सिरहा समाज सेवाले शिविरबाट निशुल्क पानी समेत वितरण गरेको थियो । मेलामा आएका भक्तजनहरुलाई कुनै समस्या देखिएमा सिरहा समाज सेवाबाट खटिएका स्वयं सेवकहरुले उनीहरुलाई सहयोग गर्नुको साथै विरामी देखिएकालाई शिविरमा ल्याएर उपचार गर्ने काम पनि गरेको थियो ।


अध्यक्ष साहले भन्नुभयो, सिरहा समाज सेवाले पशुपति दर्शन गर्न आएका भक्तजनहरुका लागि निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेपनि भक्तजनमा आइपरेका हरेक प्रकारको सहयोग हामी गर्यौं ।’

तपाईको प्रतिक्रिया