काठमाडौँमा जसपाको बैठक चलिरहँदा ओलीले पार्टीमा भित्र्याए मेयर र पालिका अध्यक्ष

काठमाडौँ फागुन २८ गते । जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरु काठमाडौँको बैठकमा व्यस्त रहेको बेला सोही पार्टीका केन्द्रीय सदस्य एवं वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी एमालेमा प्रवेश गर्नुभएको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले वीरगञ्जमा एक कार्यक्रमको आयोजना गराई सरावगीलाई प्रवेश गर्नुभएको हो । त्यति मात्र होइन, बाराका आदर्श कोतवाल गाउँपालिका अध्यक्ष मुस्ताफा अन्सारी पनि एमालेमा पनि प्रवेश गर्नुभएको छ । मुस्ताफा अन्सारी जसपाका नेता हुनुहुन्छ । मुस्ताफालाई प्रवेश गराउनका लागि अध्यक्ष अ‍ोली आफै बारा पुग्नु भएको थियो ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय सदस्यमा प्रदीप यादवलाई कारवाही गरेर मेयर सरावगीलाई केन्द्रीय सदस्य बनाउनु भएको थियो । आज त्यही सरावगी जसपा छाडेर एमालेमा प्रवेश गर्नुभएको छ । जसपाबाट असन्तुष्ट रहेका सरावगी एमालेबाट टिकट लिएर पुनः महानगरपालिकाको मेयरमा चुनाव लड्ने हुनुभएको छ । एमालेले मेयरको टिकट दिने कन्फर्म गरेपछि सरावगी पार्टी प्रवेश गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया