आजदेखि जसपाको संघीय परिषद्को बैठक सुरु

काठमाडौँ फागुन २८ गते । जनता समाजवादी पार्टी नेपालको संघीय परिषद्को बैठक आजदेखि काठमाडौँमा सुरु भएको छ ।

परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईको अध्यक्षतामा सुरु भएको बैठकमा स्थानीय तहको चुनाव, सुज अभियान, कार्यकारिणी समिति विस्तार, कार्य विभाजन, नेतृत्य प्रणाली लगायतको विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा अध्यक्ष भट्टराईले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ ।

तपाईको प्रतिक्रिया