सोनाक्षीमाथि मुद्दा

बलिउड अभिनेत्री सोनाक्षी सिन्हामाथि केही दिन अघि एक इभेन्ट म्यानेजरले धोकाको मुद्दा दर्ता गर्नुभएको थियो । घटना मिडियामा सार्वजनिक भएपछि सोनाक्षीले यसलाई झुटो बयान दिनु भएको छ ।

अब आफ्नो यसै बयानका कारण सोनाक्षी सिन्हा अर्को एउटा मुश्किलमा पर्नुभएको छ । एक भारतीय सञ्चार माध्यमका अनुसार मुरादाबादका इभेन्ज म्यानेजरले सोनाक्षी सिन्हाको आपत्तिजनक बयानविरुद्ध एसिजेएम–५ अदालतमा एक प्रार्थना पत्र दिएका छन् । म्यानेजरले सोनाक्षीले आफ्नो बयानमा उहाँलाई अपशब्द प्रयोग गरेको जसका कारण उनको छविमा क्षती पुगेको आरोप लगाउनु भएको छ । यो उजुरी दर्ता भएपछि अदालतले प्रार्थना पत्र स्वीकार गर्दै अप्रिल ४, २०२२ मा सुनुवाईको मिति निश्चित गरेको छ ।

मुरादाबादको कठघर थाना क्षेत्र निवासी प्रमोद शर्माले नायिका सोनाक्षी सिन्हासमेत पाँचजनामाथि धोका दिएको भन्दै मुद्दा दर्ता गराउनु भएको थियो । सो मुद्दामा सोनाक्षीविरुद्ध अदालतबाट जमानती वारेन्ट जारी भएको थियो । यसबारे सोनाक्षीको बयान पत्रिकामा छाप्यो जसमा उहाँले प्रमोद शर्माविरुद्ध अपशब्द प्रयोग गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया