नेपालमा राजपालको तीन घण्टा

बलिउडका हास्य कलाकार राजपाल यादव सर्लाहीको एक कार्यक्रममा सहभागी हुनका लागि नेपाल आउनु भएको थियो । स्थलमार्ग हुँदै नेपाल आउनु भएका राजपाल यादव कार्यक्रममा तीन घण्टा बस्नु भएको थिया ।

उहाँले भन्नुभयो, ‘यसरी म कुनै पनि कार्यक्रममा तीन घण्टा बसिन त कौसल यादवले तपाई बस्नुस्, सबैको कुरा सुन्नुस् अनि मात्र तपाई बोल्नुस् भन्नुभयो मैले तीन घण्टा बसेर सबैको कुरा सुनेर आनन्दन लिए ।’ सदरमुकाम मलंगवास्थित कवडहलमा आयोजित गोपाल सेवा समितिको नवौँ राष्ट्रिय महाधिवेशनमा प्रमुख अतिथिको रूपमा उहाँ चैत १२ गते सर्लाही आउनु भएको थियो । उहाँ सो कार्यक्रममा सहभागी हुँदै भन्नुभयो, ‘नेपाल आएर लाग्छ म आफ्नै परिवारको साथ छु ।’

उहाँ एउटा समाजिक कार्यक्रममा आउनु भएको कारणले कुनै प्रर्फोमेन्स दिनुभएन । उहाँले आफू एउटा समाजिक कार्यक्रममा आएको हुनाले यहाँ कुनै प्रस्तुती नदिने भन्नुभएको थियो । तर उहाँलाई अन स्क्रिनमा मात्र देखिने गरेका कलाकार यादवलाई हेर्न स्थानीय बिहानैदेखि गाउँ–गाउँबाट सदरमुकाम मलंगवा पुगेका थिए ।

कलाकार यादव भने निर्धारित समयभन्दा ४ घण्टा ढिलो ३ बजेमात्र कार्यक्रम स्थल पुग्नु भएको थियो । राजपाल यादवसँग फोटो र सेल्फी लिन भिड उर्लिएपछि आयोजकलाई भीड नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो । उहाँलाई सो कार्यक्रममा ५६ किलोको मालाले सम्मानसमेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया