वीरुगञ्जमा लोसपाको शक्ति प्रदर्शन

पर्सा चैत १९ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले आज पर्साको वीरगञ्जमा शक्ति प्रदर्शन गरेको छ । स्थानीय चुनावलाई मध्यनजगर गर्दा लोसपाले सो शक्ति प्रदर्शन गरेको हो । वीरगञ्ज महानगरपालिकामा लोसपा कमजोर रहेको टिप्पणी भइरहेको बेला पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित शीर्ष नेताहरु गएर त्यहाँ प्रदर्शन गर्नुभएको छ ।


वीरगन्जको चिनी मिल आवास क्षेत्रबाट सयौंको संख्यामा निस्केको स्वभिमान यात्राु नामक र्‍यालीमा लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्यहरु अनिल झा र सर्वेन्द्रनाथ शुक्ला सहभागी हुनुहुन्थ्यो ।


सभामा सम्बोधन गर्दै अध्यक्ष महन्थ ठाकुरले मधेस विद्रोह र आन्दोलन अझै जारी रहेको बताउँनुभयो । उहाँले मधेशका मुद्दा सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो । नेता महतोले मधेशको मुद्दा र स्वभीमानको लागि संघर्ष अहिले पनि जारी रहेको बताउनुभाये । २०७२ मा मधेसीको छातीमा गोली चलाएर संविधानसभाबाट संविधान जारी गरिएको घटना मधेसी जनताले अहिले नबिर्सेको उल्लेख गर्दै उहाँले त्यसको बदलमा आगामी चुनावमा लिने बताउनुभयो ।

नेता अनिल कुमार झाले मधेसी जनताको भोट लिएर सत्ताको स्वाद चाखिरहेको जसपा अब मधेसी दल नरहेको टिप्पणी गर्नुभयो । उहाँले मधेशको अधिकार र मधेशको मुद्दा बोकेर आज पनि संघर्ष गरिरहेकाले लोसपा नै अब एकमात्र मधेसी दल रहेको दावी गर्नुयभो ।

तपाईको प्रतिक्रिया