जसपा छाडेर काँग्रेसमा प्रवेश

काठमाडौँ वैशाख ५ गते । जनता समाजवादी नेपाल निकट प्रेस मञ्चका कार्यवाहक अध्यक्ष सुरेश यादव नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । आज जनकपुरमा आयोजित एक कार्यक्रम बीच उहाँ काँग्रेस पार्टीमा प्रवेश गर्नुभएको हो ।

मूलधारको राजनीति गर्नका लागि नेपाली काँग्रेसमा प्रवेश गरेको उहाँले बताउनुभयो । यसअघि जसपामा पत्रकारको संगठनमा राजनीति गरेको र अब मूलधारको राजनीति गर्नुपर्छ भनेर नै यसमा प्रवेश गरेको उहाँले बताउनुभयो ।
उहाँ सवैला नगरपालिकाका लागि मेयरका दावेदार हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया