१३ वर्षिया बालिकालाई वेचविखन गर्ने पक्राउ

मोरङ, असार ९ गते । मानव वेचविखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार ५ गते पक्राउ पर्नेमा भारत मजतपुर घर भई हाल झापा बिर्तामोड नगरपालिका–५ मुर्तिचोक डेरा गरी बस्ने २३ वर्षीय हिरा कुमार सहनी र बारा कोल्वी नगरपालिका–४ सपही बस्ने १९ वर्षीया सिरिसा सिंह महथा रहेका छन् ।

उनीहरूले १३ वर्षीया बालिकालाई वेचविखन गर्ने उद्देश्यले बिराटनगर महानगरपालिका–१५ स्थित भन्सार कार्यालयको २ नम्बर ढाँट सिमाक्षेत्रबाट ललाईफकाई भारततर्फ लाँदै गरेको अवस्थामा साना हात नेपाल विराटनगरको समन्वयमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीहरु उपर जिल्ला अदालत मोरङबाट मानव वेचबिखन तथा ओसारपसार मुद्दामा ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया