किर्ते हस्ताक्षर गरि सार्यो जसपाको बैठक

काठमाडौँ असार २७ गते –जनता समाजवादी पार्टी नेपालका कार्यालय प्रमुख प्रकाश अधिकारीले आफ्नो किर्ते हस्ताक्षर प्रयोग गरी केन्द्रीय समितिको बैठक बारे भ्रम फैलाउने काम गरेको दावी गर्नुभएको छ ।

वीरगञ्जमा हुने भनिएको केन्द्रीय समितिको बैठकलाई काठमाडौँमा सारेको प्रेस व्यक्तव्य जारी गरी पार्टीका नेता तथा कार्यकर्तामा भ्रम सृजना गरेको दावी उहाँले गर्नुभएको छ ।

‘मेरो नाममा किर्ते हस्ताक्षर गरी वीरगञ्जमा हुने केन्द्रीय समितिको बैठकलाई काठमाडौँमा हुने भनि झुठा, गलत र भ्रमात्मक प्रचार गर्नु अनैतिक, गैरराजनीतिक एवं षड्यन्त्रमूल कार्य हुन्, प्रेस विज्ञाप्तिमा उल्लेख छ ।

असार २९ र २९ गते काठमाडौमा बस्ने भनिएको कथित केन्द्रीय समितिको विस्तारित बैठक पार्टीको वैधानिक एवं आधिकारिक बैठक नभइ पार्टी विरुद्धमा गरिएको प्रपञ्च र षड्यन्त्र रहेको विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया