Khadya Bibhag

जसपा बाबुराम पक्षको बैठक आजदेखि काठमाडौँमा

काठमाडौँ असार २८ गते । जनता समाजवादी पार्टी नेपाल डा. बाबुराम पक्षको केन्द्रीय समितिको विस्तारीत बैठक आजदेखि काठमाडौँमा सुरु हुने भएको छ ।

जडिबुटीको रोयल जडीबुटी पार्टी प्यालेसमा आज १२ वजेदेखि केन्द्रीय समितिको विस्तारित बैठक बस्न लागेको सो पार्टीका नेता दीपक महतोले बताउनुभयो । केन्द्रीय सदस्य, संघीय परिषदका सदस्यहरु काठमाडौँ आइपुगेका छन् ।

बैठकमा जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले समसामयीक राजनीतिक विषयमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ । सोही प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।

जसपा उपेन्द्र यादव पक्षले पनि केन्द्रीय समितिको बैठक बोलाएको छ । सो पक्षको बैठक भोलीदेखि वीरगञ्जमा सुरु हुनेछ । यी दुई समूहको छुट्टा छुट्टै बैठकले जसपाको भविष्य निर्धारण गर्नेछ ।

तपाईको प्रतिक्रिया