मधेश प्रदेशमा कम्युनिष्टको अवस्था

मातृका प्रसाद यादव र प्रभू साहबीच नै कुरा मिल्दैन । लिलनाथ श्रेष्ठ र विश्वनाथ साहबीच नै सम्बन्ध प्रगाढ छैन । माओवादी र काँग्रेस एक ठाउँमा हुन सक्ने संभावना बढी छ भने एमाले र जसपा एक मोर्चा बनाउन सक्ने संभावना पनि छ ।

–जीवछ यादव ‘उदासी’-
मुलुकमा संघीयता र गणतन्त्र स्थापना भएपछि संघ र प्रदेशको दोस्रो निर्वाचन हुने मिति तय हुने तरखरमा छ । समयमा चुनाव गराउन सरकार प्रतिवद्ध देखिन्छ । मधेश प्रदेश भनेर पश्चिममा पर्सादेखि पूर्व सप्तरीसम्मका आठ जिल्लालाई चिनिन्छ । आठ जिल्ला रहेको मधेशमा खिचडी सरकार रहेको छ ।

जनता समाजवादी पार्टी, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पार्टीको गठबन्धन सरकारले मधेशको लागि खासै कुनै काम गरेको छैन । मधेशको समृद्धि र विकासको आधार रहेको कृषि क्षेत्र चौपट छ । किसानले मल पाएको छैन । जसोतसो उत्पादन गरिहाल्यो भने बजार छैन । खेतिपाती अर्थात कृषिबाट मधेशका जनता वाक्कदिक्क भइसकेका छन् । आउनै लागेको चुनावमा कुन दलको अवस्था के हनुे हो भने चर्चाले विस्तारै गति लिन थालेको छ ।

चुनावम कुन मुद्दामा जनताले मतदान गर्ने विषय त महत्पूर्ण हो नै । त्यसमा कम्युनिष्टहरुको अवस्था के होला ? कम्युनिष्टहरु पहिलो पार्टी बन्ला कि रक्षात्मक रुपमा पुग्ला यो अहम विषय भएको छ ।

२०६३ सालभन्दा अगाडिको अवस्था हेर्दा नेपाली काँग्रेस र नेकपा एमाले आलोपालो बलियो देखिएको यी कोर मधेशको आठ जिल्लाहरुमा मधेसबादी दलहरु २०६३ सालपछि चर्चा र शक्तिमा आयो । त्यो शक्तिमा आउनुको कारण मधेशवादको मुद्दा बोकेर उपेन्द्र यादवले २०६३ साल माघ २ गते लहानबाट फुकेको आन्दोलनले मधेश विद्रोहको रुप लियो । यस विद्रोलाई निष्कर्षमा पुरयाउन काँग्रेस कम्युनिष्ट भित्र रहेको मधेशवादी सोचहरु उपेन्द्र यादवले नेतृत्व गरेको मधेशी जनअधिकार फोरम नेपालमा समाहित हुन गयो । तत्कालिन नेकपा माओवादीका नेता कार्यकर्ताहरु समेत उपेन्द्र यादवको फोरममा समाहित भयो ।

उपेन्द्र यादव कम्युनिष्ट स्कूलिङबाट उत्पादित विधार्थी र मधेश आन्दोलनको अगुवा (मास्टर) भएकोले यतातर्फ कम्युनिष्ट पार्टीतर्फ लागेका युवा नेताहरुको आकर्षण बढी नै रहयो । नेकपा एमालेको केन्द्रिय सदस्य हुँदै माओवादी पार्टीमा समेत उपेन्द्र यादव आवद्ध रहनु भएकोले कम्युनिष्ट कार्यकर्ताहरु बढी नै जोडिन पुगे । तर,उपेन्द्र यादव मधेशको मुद्दामा मधेसको समस्यामा अडिग रहनुभन्दा सत्ता र शक्तिको वरिपरि बढी रुमलिएको कारण यादवको जनाधार कमजोर हुँदै गइरहेको छ । काँग्रेस विचारका नेतहरु काँगेसतर्फ फर्किएको कारण सम्पन्न स्थनीय निर्वाचनमा उपेन्द्र यादवले नेतृत्व गरेको जसपाको ग्राफ हवातै झरेको छ ।

सत्तामा रहेर जनहितमा काम नगर्दा जनमत घटिरहेको हुन्छ । अहिले मधेश सरकारको कामबाट मधेस प्रदेशका जनताहरु कहिपनि हसमुख (खुशी) देखिदैँन । नेपाली काँग्रेस आफ्नो उर्वरभूमि ठानिएका मधेशमा जर्वजस्त उपस्थिति गराउन र पुरानो विरासत फर्काउने दाउमा छ । एमाले पहिलेभन्दा मजबूत अवस्थामा दखिन थालेको छ । माओवादीप्रतिको लहर निकै कमजोर हुँदै गएको छ । यहि गठबन्धन रहिरहने हो भने गठबन्धन भर्सेज एमालेको बीचमा प्रतिस्पर्धा हुने निश्चित छ ।

पेन्द्र यादव कम्युनिष्ट स्कूलिङबाट उत्पादित विधार्थी र मधेश आन्दोलनको अगुवा (मास्टर) भएकोले यतातर्फ कम्युनिष्ट पार्टीतर्फ लागेका युवा नेताहरुको आकर्षण बढी नै रहयो । नेकपा एमालेको केन्द्रिय सदस्य हुँदै माओवादी पार्टीमा समेत उपेन्द्र यादव आवद्ध रहनु भएकोले कम्युनिष्ट कार्यकर्ताहरु बढी नै जोडिन पुगे ।

गठबन्धनको चरित्रमा र पात्रमा हेरफेर भयो भने कोल्टे फेरिने संभावनालाई पनि नकार्न मिल्दैन । यतिवेला सिरहाको जिल्ला समन्वय समितिको निर्वाचनमा जसरी एमालेसँग १५ मत सुरक्षित हुँदाहुादै पनि १० मत रहेको जसपालाई जिल्ला समन्वय समितिको प्रमुखमा छाडनुले कतै एमाले जसपा गठबन्धन त हुने होइन भने चर्चा छ । जसपा र एमाले गठबन्धन भइहाल्यो भने मधेश प्रदेशमा अन्य पार्टीको अवस्था दयनीय हुने निश्चित छ । संघीय ३२ स्थान र प्रदेशको ६४ स्थानमा एमाले जसपा नयाँ गठबन्धन गरेर चुनावमा गया भने ठूलो सफलता हासिल हुने मत पनि बलियो देखिन थालेको छ ।

हुन त राजनीतिलाई संभवनाको खेल पनि भनिन्छ । एमाले जसपा गठबन्धन नहोला भन्न पनि सकिन्न । यस गठबन्धनको लागि भित्रैभित्रै जसपा र एमालेका उच्च तहको नेताहरुबीचमा पनि छलफल भइरहेको तथ्यहरु बाहिर आउन थालेको छ । अहिलेकै गठबन्धन रहिरह्यो भने जसपालाई ठूलो नोक्सानी हुने र प्रतिस्पर्धामा नेपाली काँग्रेस र नेकपा एमाले आउने निश्चित छ । तसर्थ एमालेसँग तालमेल गर्न उपेन्द्र यादवको सदवुद्धि आओस् भने नेता कार्यकर्ताहरुको बीचमा चिन्ता र चासोको विषय बनिरहेको छ ।

मधेशमा कम्युनिष्टहरु कमजोर कि बलियो भने विषयमा विश्लेषण गर्ने हो नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेतहरुमा दूरदृष्टि नहुनु, पार्टीलाई सत्ता र स्वार्थको रुपमा मात्रै प्रयोग गर्न खोज्नु र मधेसमा मधेधी मूलको नेताहरुमा वर्गीय सोचभन्दा जातिको सोच हाबी हुनुले कम्युनिष्ट पार्टीहरुप्रति आम जनताके लगाव अहिलेसम्म बढ्न नसकेको देखिन्छ । मधेशका कम्युनिष्ट पार्टी पहाडी मूलको नेताको रिमोट कन्ट्रोलबाट चल्नुपर्ने बाध्यता पनि छ । राजा र रैती जस्तो कम्युनिष्ट पार्टीको नेता, कार्यकर्ता र आम समर्थकहरुको बीचमा सम्बन्ध देखिनु कम्युनिष्टहरुको लागि फलदायी देखिएको छैन । यसले गर्दा कम्यसनिष्ट पार्टीहरुको जग मजबूत हुन सकेको छैन ।

मधेसमा एमाले र माओवादीबीचमा चुनावी एकता हुने संभावना पनि न्यून नै रहेको छ । यसको कारण मधेशमा एमालेबाट नेतृत्व गरिरहनु भएको नेता र माओवादीबाट नेतृत्व गरिरहेका नेताको बीचमा राम्रो सम्बन्ध भन्दा पनि विश्वासको आधार देखिदैन । मातृका प्रसाद यादव र प्रभू साहबीच नै कुरा मिल्दैन । लिलनाथ श्रेष्ठ र विश्वनाथ साहबीच नै सम्बन्ध प्रगाढ छैन । माओवादी र काँग्रेस एक ठाउँमा हुन सक्ने संभावना बढी छ भने एमाले र जसपा एक मोर्चा बनाउन सक्ने संभावना पनि छ ।

राजा र रैती जस्तो कम्युनिष्ट पार्टीको नेता, कार्यकर्ता र आम समर्थकहरुको बीचमा सम्बन्ध देखिनु कम्युनिष्टहरुको लागि फलदायी देखिएको छैन । यसले गर्दा कम्यसनिष्ट पार्टीहरुको जग मजबूत हुन सकेको छैन ।

एकिकृत समाजवादी मओवाद िजता जाने हो उतै जाला । यो पार्टीको खासै जनाधार मधेश प्रदेशमा देखिएको छैन । तर राजनीतिम कम समयमा पनि खेलको नियमहरु प्रिवर्तन भइरहन्छ । कहि एमाले माओवादी केन्द्र, एकिकृत समाजवादी पार्टीबीच मन माजिएको गठबन्धन भयो भने फेरि मधेशमा बाम आन्दोलन नयाँ ढङगबाट अगाडि बढने संभावनाहरु प्नि त्यतिकै छ । समग्रमा मधेस प्रदेशमा बाम आन्दोलनका विरासत र पुराना आधारहरु रहेको प्रदेश नै हो ।

आपसी फुट र व्यक्तिगत गुटको कारण बाम आन्दोलनमा क्षयीकरण देखिएको मधेशमा आउने संघ र प्रदेशको चुनावमा एकता होस् पक गठबन्धन बनोस ताकि केन्द्रको लागि पनि सातै प्रदेशको लागि पनि मधेश प्रदेशले अगुवाइ गरुन यसतर्फ पनि समर्थकहरुको सदिच्छा रहेको छ ।
(लेखक जिवछ यादव गोरखापत्रमा कार्यरत हुनुहुन्छ)

तपाईको प्रतिक्रिया