काठमाडौँमा भूकम्पको धक्का महसुस

काठमाडौ साउन २१ गते । काठमाडौँमा शनिबार बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान करिब ५ बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । यो भुकम्पको धक्काले मस्ता निदाई रहेको काठमाडौँवासीलाई ब्युझाइएको थियो ।

यसबारे थप विवरण आउन बाँकी रहेको छ । गत साउन १५ गते खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्‍निच्यूडको भूकम्प गएको थियो । २०७२ मा भुकम्प गएपछि विभिन्न साना साना पराकम्पन आइरहेका छन् । तर पछिल्लो समय पराकम्पभन्दा पनि नयाँ भूकम्प जाने क्रम बढेको छ ।

तपाईको प्रतिक्रिया