सप्तकोशी नदी चतराआसपास बस्नेलाई सतर्क रहन आग्रह

काठमाडौँ साउन २१ गते । सप्तकोशी नदीको चतरामा जल सतह बडि रहेको छ त्यस वरपरका स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिएका छ । जल तथा मैसम विभागले विहान एक सूचना प्रकाशित गरी सप्तकोसी नदीको सुनकोसी, दुधकोसी र तमोर जलाधारको केही स्थानमा भारी वर्षा मापन भएको र, सप्तकोसी नदी चतरामा जलसतह बढ्दो छ, सतर्कता आसपास नजिक पुग्न सक्छ, सतर्कता अपनाउन अनुरोध गरेको छ ।

त्यस्तै, सिन्धुपाल्चोक जिल्लाको गुम्थाङ, धाप, नकोटे रआसपास पछिल्लो ३–६ घण्टा भारी वर्षा हुने मापन गरिएको विभागले जनाएको छ । मेलम्चीको जलसतह बढ्दो छ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची, बलेफि र साना खोलामा आकस्मिक बाढी हुनुका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुन सक्ने भएका हुनाले १०बजेसम्म ‍अति उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

पछिल्लो ३ घण्टामा धनकुट्टाको मछुवाघाट र त्रिवेणी आसपासका क्षेत्रमा भारी वर्षा भएकोले सो क्षेत्र भई बहने ससाना नदीहरूमा आकस्मिक बहाव हुन सक्ने हुनाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा रहनुहुनेले उच्च सतर्कता अपनाउन पनि विभागले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया