कामाठाडौ भदौ २३ गते । भारतीय सेना अध्यक्ष जनरल मनोज पाण्डेको आफ्नो पाँच दिने नेपाल भ्रमण सम्पन्न भएको छ । उहाँ आजै भारत फर्किनु भएको छ ।
नेपाली सेनाको निमन्त्रणामा जनरल मनोज नेपालको भ्रमण गरेका हुन् । जनरल पाण्डेले भाद्र २२ गते पोखरास्थित भारतीय पेन्सन वितरण कार्यालयको भ्रमण गर्नुभएको थियो ।
त्यहाँ उहाँले भारतीय सेनाका भूतपूर्व सैनिकलाई सम्बोधन गर्नुका साथै वीरताअवार्डका विजेतालाई सम्मान समेत गर्नुभयो । जनरल पाण्डेकी पत्नी अर्चना पाण्डेले सो कार्यक्रममा उपस्थित वीर नारीलाई सम्मान गरेको नेपालस्थित भारतीय दूतावासले जारी गरेको विज्ञिप्तिमा उल्लेख छ ।
जनरल पाण्डेले गोर्खा सैनिकको वीरता, साहस र समर्पणको प्रशंसा गर्नुभयो । सोही दिन बिहान उहाँले नेपाली सेनाको पोखरामा अवस्थित मध्यकमाण्ड हेडक्वार्टरको भ्रमण गरी त्यहाँ रहेका कर्मचारीसँग अन्तरक्रिया पनि गर्नुभयो ।
सेनाध्यक्ष पाण्डेले भूतपूर्व सैनिक योगदान स्वास्थ्ययोजना (ईसीएचएस) अन्तर्गतका पोलिक्लिनिकलाई तीन वटा एम्बुलेन्स (मोबाइलमेडिकलयुनिट) हस्तान्तरण गर्नुका साथै उहाँले नेपाली सेनालाई साइमुलेटर र हलुका सवारी साधनलगायतका तालिम उपकरण समेत प्रदान गर्नुभयो ।
एम्बुलेन्सले नेपालमा रहेका तीनलाख भन्दा बढी भारतीय सेनाका भूतपूर्व सैनिक र उनीहरुका परिवारलाई सहजरुपमा स्वास्थ्य सेवा प्रदान गर्न सहयोग पुर्याउनुका साथै दुर्गम क्षेत्रका बासिन्दाकालागि विशेष उपयोगी हुने विश्वास लिएको छ ।
जनरल पाण्डेलाई गत सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान गर्नुभयो । जनरल पाण्डेले राष्ट्रपतिर र रक्षा मन्त्री समेत रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गर्नुभएको थियो । नेपाल भ्रमणको क्रमममा उहाँले नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गरी त्यहाँका विद्यार्थी तथा कर्मचारीलाई सम्बोधन समेत गर्नुभएको थियो ।


तपाईको प्रतिक्रिया