काठमाडौँ भदौ २६ गते । सप्तरी–२ मा गठबन्धन हुने भनिए पनि जनता समाजवादी पार्टी नेपालले सबै सीटमा आफ्नो उम्मेदवारी दावी गरेको छ । जसपा प्रदेश समितिले सप्तरी क्षेत्र नम्बर २ को प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको छ ।
सप्तरी–२ बाट प्रतिनिधिसभा सदस्यका लागि जसपाका अध्यक्ष उपेन्द्र यादवको नाम सिफारिस भएको छ भने सप्तरी–२ (ख) का लागि प्रदेशसभा सदस्यको उम्मेदवारमा मनिष सुमन, दिनेश यादव, किरण यादवको नाम केन्द्रीय कार्यालयलाई सिफारिस गरिएको छ । मनिष सुमन यसअघिको चुनावमा सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा चुनाव जित्नु भएको हो । सप्तरी–२ (ख) बाट उहाँको नाम यसपटक पनि सिफारिस गरिएको छ ।
स्रोतका अनुसार गठबन्धन भएपछि प्रतिनिधिसभामा उपेन्द्र यादवलाई माओवादी केन्द्रले सघाउने र प्रदेशसभामा उमेश यादवलाई जसपालाई सघाउने आन्तरिक सहमति भएको हो तर जसपाले प्रदेशबाट पनि प्रत्यक्षका लागि नाम सिफारिस गरेको छ ।
सप्तरी–२ (क) का लागि प्रदेशसभा सदस्यको उम्मेवारमा शैलेन्द्र साह, अमरनाथ मण्डल र नेत्रविक्रम साहको नाम सिफारिस गरिएको छ ।
शैलेन्द्र साह अघिल्लो चुनावमा त्यहीबाट प्रदेशसभा सदस्यमा जितेका थिए । नेत्र विक्रम साह तत्कालिन राजपा नेपालका समानुपातिक प्रदेश सांसद हुन् । हाल उनी जसपामा छन् ।
त्यस्तै

तपाईको प्रतिक्रिया