Khadya Bibhag

काँग्रेसले तीन सीट दिने भनेपछि बिच्कियो लोसपा

काठमाडौँ भदौं २६ गते । नेपाली काँग्रेसले लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई तीनवटा सीट दिएपछि सो बिच्किएको हो । महन्थ ठाकुर नेतृत्वको लोसपालाई पाँच दलीय गठबन्धनमा नलिने तर काँग्रेसले आफ्नो तर्फबाट तीनवटा सीट दिएर आफ्नो साथमा राख्न खोजेपछि लोसपा पछाडी हटेको हो ।

लोसपाका एक कार्यकारिणी सदस्यले सहारा टाइम्सलाई भन्नुभयो, ‘लोसपा राष्ट्रिय दल हो, त्यसको आफ्नो पहिचान र अस्तित्व छ, काँग्रेसले आफ्नो पुच्छर बनाउन खोज्यो हामीले मानेनौं, हामी गठबन्धनको एक हिस्सा बन्न चाहन्थ्यौं तर काँग्रेसले आफ्नो पुच्छर बनाउन खोज्यो त्यही भएर हामी पाँच दलीय गठबन्धनको भरोसा त्यागेका छौं ।’

यद्यपी अहिले पनि नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा लोसपाका अध्यक्ष महन्थ ठाकुरको सम्पर्कमा हुनुहुन्छ । प्रधानमन्त्री देउवाले अझै पनि गठबन्धनमा ल्याउने आश्वासन दिइरहनु भएको छ तर लोसपा पाँच दलीय गठबन्धन आफ्नो लागि क्लोज भएको भन्दै एमालेसँग छलफल सुरु गरेको छ ।

काँग्रेसले लोसपालाई तीन सीट महन्थ ठाकुर, राजेन्द्र महतो र शरतसिंहलाई दिएर देशैभरि उसको मत लिन खोजेको देखिन्छ । त्यसमा लोसपाले पनि आफूलाई काँग्रेसले तीन सीट दिने हो, आफूहरुले पनि काँग्रेसलाई तीन सीटमा मात्र समर्थन गर्ने भनेपछि कुरा विग्रेको स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया