गोप्य भेटधाट अथवा अवाञ्छित गतिविधि नगर्न चिनियाँ पक्षलाई अभियानद्वारा आग्रह

काठमाडौँ भदौं २६ गते । राष्ट्रिय एकता अभियानले कुनै पनि गोप्य भेटधाट अथवा अवाञ्छित गतिविधि नगर्न चिनियाँ पक्षलाई आग्रह गरेको छ ।

जनवादी गणतन्त्र चीनको नेसनल पिपुल्स कंग्रेसको स्थायी समितिका अध्यक्ष ली झान्सु यही भदौ २७ गते नेपालको भ्रमण गर्न लागेको सन्दर्भमा अभियानका संयोजक विनय यादवले आज एक विज्ञप्ति जारी गरी सो आग्रह गर्नुभएको हो ।

यस भ्रमणको क्रममा अघोषित चिनियाँ नाकाबन्दी र नेपाली भूमी अतिक्रमण सम्बन्धमा समेत ठोस समाधान खोज्न सम्बन्धित पक्षहरूसँग अभियानले आग्रह गरेको छ ।

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा ली छजना वरिष्ठ मन्त्रीसँगै करिब ९६ जनाको टोली नेपाल आउनु हुने बताइएको छ । लीलाई चीनमा राष्ट्रपति सि चिनफिङपछिको दोस्रो वरियताको नेता मानिन्छ ।

चीनको दोस्रो बरियताको नेता नेपालको पाहुना भएर आउनु सुखद कुरा भएको उल्लेख गर्दै संयोजक यादवले यद्यपि कहिलेकाही समय र सन्दर्भ नमिल्दा अति बिशिस्ट पाहुनालाई पनि स्वागत गर्न नसकिने अवस्था बन्ने गरेको उल्लेख गर्नुभएको छ ।

गएको २०७४ सालको आम निर्वाचनमा बाम गठबन्धन निर्माणमा दबाबमुलुक भुमिका निर्वाह गरेको आरोप लागेको चिनियाँ बिस्तारवादी शक्तिको आसन्न निर्वाचनको मुखमै जम्बो टोलीसहितको भ्रमण आफैमा संशयपुर्ण हो, विज्ञप्तिमा भनिएको छ, ‘तर्सथ, उहाँहरूको नेपालमा आगमनदेखि प्रस्थानसम्मको सम्पुर्ण विवरण आम नेपाली जनतामा पारदर्शी रूपमा पुग्नुपर्छ भने हाम्रो धारणा रहेको छ।’

अभियानले उहाँहरूको सबै भेटघाट पुर्ण रूपले सरकारी अधिकारी र नागरिक समाजको प्रतिनिधि राखेर मात्र गर्न गराउनहुन आवश्यक रहेको पनि माग गरेको छ ।

 

तर्सथ, यस विपरीत नेपालमा उहाँहरूको कुनै पनि गोप्य भेटधाट अथवा अवाञ्छित गतिविधि भएगरेको देखिएमा राष्ट्रिय एकता अभियान सशक्त विरोध जनाउने पनि विज्ञप्तिमार्फत जनाएको छ ।

तपाईको प्रतिक्रिया