चिनियाँ प्रतिनिधिमण्डलको जम्बो टोली आज नेपाल आउँदै

काठमाडौँ भदौं २७ गते । चीनका सभामुख तथा राष्ट्रिय जनकङ्ग्रेस अध्यक्ष ली चान्सु नेपाल भ्रमणका लागि आन नेपाल आउँदै हुनुहुन्छ । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा नेपाल भ्रमणमा आउन लाग्नु भएका लीसहितको चिनियाँ प्रतिनिधिमण्डल ३० गते नेपालबाट फर्किने छ ।

ली चीनको चिनियाँ कम्युनिष्ट पार्टीको शीर्ष नीति निर्माता निकाय पोलिट्ब्युरो स्थायी समितिमा राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली खस्याङपछि तेस्रो वरियताका नेता हुनुहुन्छ ।

ली र सभामुख सापकोटा बीच आजै भेटवार्ता गर्नुहुने कार्यसूची रहेको छ । सभामुख सापकोटाले लीको सम्मानमा आज साँझ रात्रिभोजको आयोजना गर्नु हुनेछ । भोली मङ्गलबार चिनियाँ नेता लीले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग छुट्टाछुट्टै भेट गर्नुहुनेछ भने पर्सी बुधबार उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवास पुगेर शिष्टाचार भेट गर्ने कार्यसूची रहेको छ ।

नेपाल भ्रमणका क्रममा अध्यक्ष लीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नुहुनेछ ।

तपाईको प्रतिक्रिया