पर्सामा चिडियाखानाको शिलान्यास

पर्सा असोज ६ गते । वन तथा वातावरण प्रदीप यादवले आज पर्सामा चियाघरको शिलान्यास गर्नुभएको छ । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य समेत रहनु भएको मन्त्री यादव मन्त्रालय सम्हालेदपछि पर्सामा चियाघर बनाउने घोषणा गर्नुभएको थियो ।

सोही घोषणा अनुसार मधेश प्रदेशकै पहिलो चिडियाखाना (पर्सा प्राणी उद्यान) मा शिलान्यास गरेको मन्त्री यादवले बताउनुभयो । वीरगञ्ज–३२ रामवनमा स्थापना हुन लागेको यो चिडियाखाना पर्सा जिल्लाको र समग्र मधेश प्रदेशको एउटा प्रमुख पर्यटकीय स्थलको बन्ने दावी गर्र्दै उहाँले यो चिडियाखानाले यहाँको विकास र समृद्धिको लागि पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया