रामदेव यादवको सरुवा सिंहदरवार वैद्यखानामा

काठमाडौँ असोज १५ गते । वरिष्ठ आयुर्वेद चिकित्सको रुपमा प्रख्यात डा.रामदेव यादवको सरुवा सिंहदरवार वैद्यखानामा भएको छ । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट आयुर्वेद चिकित्सालय नरदेवीमा कार्यरत डा. यादवलाई वैद्यखानामा सरुवा गरिएको हो ।

उहाँ वैद्यखानामा हाजिर पनि भइसक्नु भएको छ । आयुर्वेद विभागको पूर्व महानिर्देशक तथा नरदेवीको निर्देशक समेत भइसकेका डा.यादव वैद्यखानामा काज सरुवातमा जानु भएको हो । नरदेवीबाट नै तलब खाने गरी आर्थिक र प्रशासनिक अधिकार दिएर मन्त्रालयले वैद्यखानामा निमित्त कार्यकारी निर्देशकमा सरुवा गरेको हो ।

नरदेवीको कार्यकारी निर्देशकमा डा.प्रदीप केसी आएपछि डा.यादवमाथि भेदभाव भइरहेको थियो । नरदेवीको निर्देशक भइसकेको व्यक्तिलाई त्यहाँ विना कुनै जिम्मेवारी राखिएको थियो । निर्देशक केसीले नरदेवी अस्पतालमा मनमानी गरेपछि डा.यादवले त्यसको विरोध गर्दै आइरहेका थिए । त्यसपछि स्वास्थ्य मन्त्रालयले उहाँलाई वैद्यखानामा काज सरुवा गरेको छ ।

तपाईको प्रतिक्रिया