Khadya Bibhag

यी नेताबाट के सिक्ने ! (फरकमत)

जब उपेन्द्र यादव र डा.बाबुराम भट्टराईबीच एकीकरण भयो अनि बाबुराम भट्टराई उपेन्द्र यादवको नजरमा पार्टीमा सबभन्दा श्रेष्ठ व्यक्ति भएका थिए । उपेन्द्र यादवले सार्वजनिक मञ्चहरुमा बाबुराम भट्टराईको प्रशंसा गर्थे तर अहिले उनेको पार्टीबाट निस्केपछि त्यही मञ्चमा उनलाई खुल्याउनु गर्छन् ।

–सुनैनाकुमारी यादव,=

एक वर्ष वा एक महिना पनि होइन । एक साताअघि कुनै नेताले अर्को पार्टीका कुनै नेतालाई आलोचना गर्दै गाली गलौज गरिरहेका थिए तर सात दिनमै कुन यस्तो चमत्कार भयो । ती नेतालाई भगवान नै मान्न थाले । नेपाली राजनीतिमा एउटा सँस्कार नै बनि सकेको छ । कुनै नेता आफ्नो अनुकुल छ । उसले आफ्ना कुरा सबै मानि रहेका छन् भने उसलाई भगवान र मसिहा भन्न थाल्छन् । अलिकति फरकमत भयो भने भित्रैदेखि खुल्याउने काम गर्न थाल्छन् । राजनीतिका गैरसंस्कार देखाउन थाल्छन् जसको असर प्रत्यक्ष रुपमा समाजमाथि परिरहेको छ ।

यसको सबभन्दा नजिकको ओजिलो उदाहरण माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लिन सकिन्छ । २०७४ को चुनावअघि माओवादी केन्द्र र काँग्रेसको सरकारी गठबन्धन थियो । त्यतिबेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ओलीलाई खुल्याउनसम्म खुल्याए ।

राजनीतिक रुपमा एमालेलाई समाप्तै गर्नुपर्छ भनि पार्टीका प्रशिक्षणहरुमा भन्ने गर्थे । पार्टीका नेता तथा कार्यकर्तालाई ओली विरुद्ध उचाल्थे । संघीयता नरुचाउने केपी अ‍ोली जस्ता पात्र यो देशमा रहेसम्म गणतन्त्रको खतरा रहन्छ नै कम्युनिष्ट पार्टीलाई पनि समाप्त गर्नुहुन्छ । त्यसैले तेलाई राजनीति रुपमा समाप्त नै गर्नुपर्छ भन्दै अध्यक्ष प्रचण्डले पार्टीका नेता तथा कार्यकर्तालाई उत्तेजित बनाउने काम गरेका थिए ।

एमालेका अध्यक्ष केपी शर्मा ओली पनि के कम । उनले प्रचण्डलाई भन्नलाई केही पनि बाँकी राखेन । जंगलीहरु जंगलीराज चलाई रहेका छन्, यस्ता तत्वलाई नाश नगरेसम्म मुलुकलाई समृद्ध बनाउन गाह्रो छ भन्दै उनले माओवादी असली कम्युनिष्ट नै होइन भन्दै टिप्पणी गरेका थिए ।

तर परस्थिति यस्तो भयो कि २०७४ का लागि ती दुवै दलले वामगठबन्धन नै बनाए । वाम गठबन्धन लिएर प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा ती दुवै दले भाग लिए । त्यसैको नतिजा हो, कम्युनिष्ट दलहरु दुई तिहाई बहुमका साथ सत्तामा आए । त्यसपछि अध्यक्ष प्रचण्ड र अध्यक्ष ओली एकअर्कासँग घाँटी जोडेर सार्वजनिक मञ्चबाट एक अर्कालाई प्रशंसा गर्थे । अध्यक्ष प्रचण्डले भन्ने गर्थे, माओवादी केन्द्रले गरेको जनयुद्धमा एमालेका अध्यक्ष केपी ओलीको ठूलो सहयोग थियो ।’

अध्यक्ष अ‍ोली नलागेको भए १२ बुँदे सम्झौता पनि हुँदैन्थ्यो । जनयुद्ध र कम्युनिष्ट समाप्त हुन्थ्यो जस्ता अभिव्यक्ति दिएर अध्यक्ष प्रचण्डले ओलीको प्रसंशा गर्थे । अध्यक्ष अ‍ोलीले त माओवादीले गरेको जनयुद्धलाई त महान जनयुद्ध पनि भन्न भ्याएका थिए । अध्यक्ष प्रचण्डको प्रसंशा गर्दा उनी थाक्दैन्थे । तर यो दोस्ती धेरै दिनसम्म चलेन । दुई पार्टीबीच एकीकरण भएर बनेको नेकपा बनेको दुई वर्ष नबित्दै दुईजनामा खटपट सुरु भएको थियो ।

एक समय थियो, उपेन्द्र यादवका लागि महेन्द्रराय यादव सबभन्दा बढी प्रिय थिए । पार्टीमा उनलाई उपेन्द्र यादवले उच्च सम्मानका साथ राखेक थिए तर जब खटपट भयो तब उपेन्द्र यादवका नजरमा महेन्द्र यादव सबभन्दा तुछ भए ।

त्यही खटपट परेपछिको अवस्थामा पार्टीभित्रै अध्यक्ष प्रचण्ड तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टाचारीहरुको नेतृत्वकर्ता भनेका थिए । तत्कालिन नेकपामा अध्यक्ष प्रचण्डले लिखित प्रतिवेदन पेस गरेर ओलीमाथि भ्रष्टाचारीलगायतका विभिन्न आरोप लगाएका थिए । आफूसँग विमति राख्नेसँग प्रतिशोध साँध्न ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दुरुपयोग गर्न खोजेको आरोप प्रचण्डले लगाएका थिए ।

ओलीको राष्ट्रवाद नक्कली भएको र त्यसले पार्टीलाई ठूलो क्षति पु¥याएको प्रचण्डको आरोप थियो । ओलीले मुलुकको हितविपरीतका गतिविधि र निर्णय गरी आफ्नो राष्ट्रवादलाई नक्कली सावित गरेको आरोप प्रचण्डले लगाएका थिए । त्यसपछि केपी शर्मा ओलीले पनि लिखित रुपमै त्यसको जवाफ दिएका थिए । अन्ततः पार्टी विभाजन भयो । माआवादी र एमाले अलग अलग भए । अहिले दुवै नेताले अर्कालाई न खुल्याएको कुनै दिन नै छैन ।

यो ओली–प्रचण्डमा मात्र होइन, शेरबहादुर देउवा–प्रचण्ड, देउवा–ओली, ओली–उपेन्द्र यादव, उपेन्द्र यादव–महन्थ ठाकुर, ठाकुर–ओली, माधवकुमार नेपाल–ओली, कमल थापा–प्रचण्डलगायतका हरेक नेताको बीचमा बेलाबेलामा घोचपेच भएका हुन्छन् । र, कुनैबेला त्यही नेताहरुले एक अर्कालाई प्रसंशा गरिरहेका हुन्छन् । अर्थात नेताका बीचमा नोकझोक र दोस्ती भइरहेका हुन्छन् । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल र एमालेका अध्यक्ष ओली बीचको दोस्ती पनि सबैलाई थाह छ । तर अहिले उनीहरुले एक अर्कालाई गाली गर्ने, खुल्याउने सबै हद पार गरिसकेका छन् ।

तर भविष्यमा यी दुई दलबीच एकता भएमा एक अर्कासँग घाँटी जोडेर नै हिड्ने छन्, एक अर्काको प्रसंशा गर्नेछन् । काँग्रेसमा देउवा र रामचन्द्र पौडेल, देउवा र शेखर कोइराला बीचमा पनि त्यही अवस्था छ । काँग्रेसको महाधिवेशनमा प्रकाशनमान सिंहले देउवामाथि कस्ता कस्ता प्रहार गरिरहेका थिए । जब दोस्रो चरणको महाधिवेशन चुनावमा यी दुईजना बीच सहमति भयो त्यसपछि त्यही प्रकाशमान सिंहले देउवाको थरीथरीका प्रसंशा गरिरहेका थिए । त्यस्तै नेपाली काँग्रेसका नेता शेखर कोइराला, महासचिव गगन थापा देउवाका टपलेवलका आलोचक हुन् ।

तर कम्युनिष्ट नेताहरुको जस्तो गाली गलौजमा काँग्रेसका नेताहरु उत्रेका हुँदैन । मधेशवादी दलमा त नेताहरुलाई एकछिनमै मसिहा मान्छन्, एकछिनमै भ्रष्टाचारी, विदेशी दलाल, अवसरवादीको संज्ञा दिन्छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव नेकपाका अध्यक्ष ओली नेतृत्वको सरकारमा रहेको बेला उनको खुब प्रसंशा गर्थे ।

तर सरकारबाट निस्किने बित्तिकै त्यही ओली सबभन्दा भ्रष्ट, विभेदकारी भए । ओलीलाई सरकारबाट हटाउनका लागि उपेन्द्र यादवले मोर्चाबन्दी नै गरे । महन्थ ठाकुर र उपेन्द्र यादव मिलेर जनता समाजवादी पार्टी बनाउँदा उपेन्द्रको नजरमा महन्थ ठाकुर सबभन्दा सज्जन, त्यागी र इमान्दार नेता थिए । जब पार्टी विभाजन भयो अनि त्यही महन्थ उपेन्द्र यादवका लागि सबभन्दा ठूलो दुश्मन भए ।

एक समय थियो, उपेन्द्र यादवका लागि महेन्द्रराय यादव सबभन्दा बढी प्रिय थिए । पार्टीमा उनलाई उपेन्द्र यादवले उच्च सम्मानका साथ राखेक थिए तर जब खटपट भयो तब उपेन्द्र यादवका नजरमा महेन्द्र यादव सबभन्दा तुछ भए । त्यस्तै, जब उपेन्द्र यादव र डा.बाबुराम भट्टराईबीच एकीकरण भयो अनि बाबुराम भट्टराई उपेन्द्र यादवको नजरमा पार्टीमा सबभन्दा श्रेष्ठ व्यक्ति भएका थिए । उपेन्द्र यादवले सार्वजनिक मञ्चहरुमा बाबुराम भट्टराईको प्रशंसा गर्थे तर अहिले उनेको पार्टीबाट निस्केपछि त्यही मञ्चमा उनलाई खुल्याउनु गर्छन् । उपेन्द्र यादवको नजरमा सबभन्दा नराम्रो व्यक्ति बाबुराम नै भएका छन् । बाबुरामले पनि उपेन्द्रलाई महान मान्थे, मधेशका मसिहा मान्थे तर अहिलेको उनका नाम सुन्दा अमिलो लाग्न थालेको छ ।

जुन व्यक्ति तथा नेताले हिजोसम्म पुतला जलाएर केपी शर्मा ओलीलाई मधेशमा निषेध गरेक थिए । त्यही व्यक्ति आज उनेको वाहवाही गरिरहेका छन् । जुन नेताले हिजोसम्म प्रचण्डलाई पुजा गर्थे आज त्यसलाई गाली गर्दा थाक्दैनन् ।

असोज ८ गते उमाशंकर अरगरिया, अमृता अग्रहरी एमालेमा प्रवेश गर्दा अध्यक्ष ओलीलाई महान नेता, राजनेता, मधेशका लागि विकास प्रेमीलगायतका उपमा जोडेर प्रसंशा गरे । तर एक समय त्यही अरगरिया र अग्रहरीले अ‍ोलीको पुतला जलाएर विरोध गरेका थिए ।

यस्ता नेताबाट हाम्रो समाजले कस्तो संसकार सिक्छन् ? राजनीतिक दल र त्यसका नेता समाजलाई परिवर्तन गर्ने निकाय हो । समाजका लागि ऐना हो । राजनीतिकमार्फत धेरै कुराको परिवर्तन हुन्छ । राजनीतिले गर्दा नै सबै कुरा परिवर्तन हुने सम्भव भएको छ । ठूला ठूला परिवर्तन राजनीतिक दलकैमार्फत भएको हो । तर नेताहरुको व्यवहार र क्रियाकलापबाट समाज आजित भएको छ । युवाले नेताहरुको शैलीलाई नक्कल गरिरहेका हुन्छन् ।

नेताहरु यस्तै छन् भने समाजिक मनोविज्ञान देखिएको छ । युवाले नेतालाई आदर गर्न छाडेका छन् । नेतालाई समाजले स्विकार गर्न छाडेको छ । पहिला पहिला जुन नेतामाथि समाजले गर्व गथ्र्यो आज त्यही नेतालाई चोर, फटहा भन्न थालेको छ । अहिलेको समाजमा नेताहरु सर्वस्विकार्य छैनन् । पार्टीका कार्यकर्ता तथा झोले युवाबाहेक नेतालाई कसैले रुचाउने अवस्था छैन । यो सब कारण नेताहरुको दोहोरो चरित्र र दुई जिब्रे व्यवहारले गर्दा भएको हो ।

तपाईको प्रतिक्रिया