पर्सा १ मा जसपाका नेता प्रदीप यादवले दिए उम्मेदवारी

पर्सा असोज २३ गते । जनता समाजवादी पार्टी नेपालका तर्फबाट प्रदीप यादवले पर्सा १ का लागि प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनु भएको छ । उहाँ यसअघि पनि सोही क्षेत्रबाट चुनाव जित्नु भएको थियो ।

उहाँले जसपा एमाले गठबन्धनबाट उम्मेदवारी दिनुभएको हो । उहाँले उम्मेदवारी दर्ता गराउँदै भन्नुभयो, आगामी आम निर्वाचनका लागी पर्सा क्षेत्र नम्बर १ मा प्रत्यक्ष तर्फबाट प्रतिनिधि सभा सदस्य जसपा र एमालेको साझा उम्मेदवारको रूपमा मनोनयन दर्ता गराएको छु । यसअघि त्यहाँका जनताले दिनुभएको भोटलाई मैले आशीर्वाद बुझेर निरन्तर तपाईहरुको सेवा गरें, तपाईहरुले पुनः यसपटक मलाई चुनाव चिन्ह छाता छापमा वृहत मतदान गरेर ,आफ्नो माया र आशिर्वाद दिएर निर्वाचित गराउनु हुन्छ भन्ने कुरा म विश्वस्त छु ।

तपाईको प्रतिक्रिया