महन्थ ठाकुरले गराउनु भयो उम्मेदवारी दर्ता

महोत्तरी, असोज २३ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले महोत्तरी ३ बाट प्रतिनिधिसभा सदस्यमा आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको छ ।

सत्ता गठबन्धनका साझा उम्मेदवार अध्यक्ष ठाकुरले २०७४ को चुनाव पनि त्यहीबाट जित्नु भएको थियो । त्यसबेला तत्कालिन संघीय समाजवादी फोरमसँग गठबन्धन थियो । अध्यक्ष ठाकुरको साथमा प्रदेशसभा सदस्यका लागि महोत्ररी ३ (क) मा अभिराम शर्मा र महोत्तरी ३ (ख) मा रानी शर्मा तिवारीले पनि उम्मेदवारी दर्ता गराउनु भएको छ ।

तपाईको प्रतिक्रिया